बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धौलागिरी एफएमको कार्यक्रममा नियमित श्रोता र कर्मचारी सम्मानित

धौलागिरी एफएमको कार्यक्रममा नियमित श्रोता र कर्मचारी सम्मानित


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०८०, मंगलबार

बागलुङ /धौलागिरी एफएम ९८ दशमलव ६ मेगाहर्ज बागलुङको १९ औं वार्षिकोत्सव देउसीभैलो कार्यक्रमसहित सोमवार सकिएको छ । तत्कालिन धौलागिरी अञ्चलको पहिलो विधुतिय सञ्चार माध्यम धौलागिरी एफएमले वि.सं. २०६१ कार्तिक २७ बाट प्रसारण सुरु गरेको थियो । एफएमले १९औं बार्षिकोत्सव दिन दिवसीय कार्यक्रमसहित सोमवार देउसीभैलोसहित मुल समारोह गरेर सकिएको एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माले वताए ।

मूल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले धौलागिरी एफएमले प्रसारण गर्ने समाचार र कार्यक्रमको निष्पक्षताले आञ्चलिक रुपमा वर्चस्व कायम राख्न सफल भएको वताए । अविरल यात्रामा एफएमले यहाँको कला संस्कृतिको संरक्षण र संवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै स्थानीय तहलाई पारदर्शी बनाउन समेत भूमिका निर्वाह गरेको वताए । नगरप्रमुख श्रेष्ठले धौलागिरिको जेठो एफएम भएको हिसावले धौलागिरी एफएम अझै बढी परिस्कृत हुँदै अगाडि बढ्नुपर्ने र प्रविधिको विकासलाई आत्मसाथ गर्नुपर्नेमा समेत जोड दिए ।

सो अवसरमा राजनैतिक दलहरुको तर्फबाट शुभकामना मन्तब्य राख्दै नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसीले नागररिकको सूचनाको हकलाई प्रत्याभूति दिन र यसको पहुँचलाई वृद्धि गर्न उल्लेखीय भूमिका रहेको वताउदै राजनैतिक परिवर्तनमा समेत एफएमले महत्वपूर्ण भूमिका निर्वाह गरेको वताए ।

कार्यक्रममा संघसंस्थाको तर्फबाट शुभकामना दिदै बागलुङ उधोग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष राजनकुमार शाक्यले यस क्षेत्रको पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा एफएमको योगदान अतुलनिय रहेको वताए । बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सुरज बोसेलले स्थानीय तहलाई जवाफदेही बनाउन र यहाँका गतिविधीलाई पारदर्शी बनाउन धौलागिरी एफएमले महत्वपूर्ण भूमिका खेलेको वताए ।

त्रिदिवसीय कार्यक्रममा साथ बार्षिकोत्सव मनाउन शुरु गरेको एफएमले अन्तिम दिन सोमबार मुल समारोह सहित, सम्मान, देउसीभैलो र बिम्व दर्पण नाटक प्रस्तुत गरेको थियो। ्पहिलो दिन मानव सेवा आश्रममा थर्मस र खाधान्न वितरण गरेको थियो भने दोस्रो नेपाल पत्रकार महासंघसंग मैत्रीपूर्ण फुट्सल आयोजना गरेको थियो ।

सो अवसरमा एफएमले नियमित स्रोताको रुपमा एफएमको विकास र समवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रोताहरुको तर्फबाट बागलुङ नगरपालिका २ का मदन शर्मा, बार्षिक रुपमा नियमित बिज्ञापन दिन विज्ञापनदाताको रुपमा बानपा ३ स्थित रोशन टेन्ट हाउस र आफ्नै मिडिया हाउसभित्र कार्य सम्पान गर्ने कर्मचारीको तर्फबाट एफएमका प्राविधिक तथा प्रस्तोता दिनेश बिकल्पलाई सम्मान गरेको थियो । मैत्रीपूर्ण फुटसलका बिजेता पत्रकार महासंघलाई ट्रफीसहित प्रमाणपत्र र उपबिजेतालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

धौलागिरि एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षतामा समपन्न मुल समारोहमा स्टेशन प्रमुख उमाकान्त शर्माले स्वागत र सम्पादक ताराप्रसाद शर्मा र प्राविधिक प्रमुख कृष्ण संयोगले कार्यक्रम संचालन गरेका थिए । सो अवसरमा एफएमका सहकर्मीहरुले तयार गरेको देउसीभैलोसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->