बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा जीप दुर्घटना, एक जना गम्भिर घाइते

बागलुङमा जीप दुर्घटना, एक जना गम्भिर घाइते


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०८०, बिहिबार

बागलुङ/ बागलुङमा जीप दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् ।

बुधबार राती बागलुङ नगरपालिका–९ तित्याङबाट बागलुङ बजार आउँदै गरेको ग २ च २६३३ नम्बरको बोलेरो पिकअप जीप बानपा–३ कृषि गाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनामा परी बागलुङ नगरपालिका–१ रामरेखा बस्ने बर्ष ६० का कविराज थापा गम्भिर घाईते भएको जिप्रका बागलुङका प्रहरी निरिक्षक बसन्त बहादुर भुजेलले बताए ।

घाईते थापाको धौलागिरी अस्पताल बागलुङमा प्रथामिक उपचारपछि उप उपचारको लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको प्रनि भुजेलले जानकारी दिए । जीपमा चालक सहित दुई जना सवार रहेको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->