बागलुङ/ जिल्लाको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको छ महिनापछि मंगलवार सामाजिक संञ्जाल फेसबुकमार्फत सार्वजानिक भएका छन् । तर आफु कुन ठाउँमा कसरी रहेको भने उनले खुलाएका छैनन् ।
उनले आफ्नो व्यक्तिगत फेसबुकमार्फत मंगलवार बक्तब्य दिदै बचतकर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको बताएका छन् । उनले आफ्नो घरमा हतियार सहित ज्यान मार्ने धम्की दिएको र छ लाख बचत भएकाले करोडौको घर मागेकोले आफु वेपत्ता हुनुपरेको स्पष्टीकरण दिएका छन् ।
संस्थापक अध्यक्षकै हैसियतले वक्तव्य निकालेर जानकारी समेत दिएको भन्दै उनले फेसबुकमार्फत इमेज सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्ने बताएका छन् ।
उनले आफ्नो चल अचल सम्पती पुरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफुलाई असहयोग गरेको वताएका छन् । आफु नगरप्रमुख भएर वुर्तिवाङमा बस्दा सहकारीमा समय दिन नसकिएको स्विकार गरेका छन् ।
उनले इमेज सहकारीमा बचतकर्ताहरुले भनेजस्तो सवै रकम डिपोजिट नभएको समेत बताएका छन् । कर्मचारीहरुले मनोबोली ढंगले ऋण लगानी गरेको वताउदै उनले आफुले मागेको छ महिनासम्म बचत फिर्ता गर्ने समयसम्म केहीले धैर्य गर्न नसेको आरोप लगाएका छन् ।
उनले सवैलाई बडादशैं, दिपावली, छट लगाएको चाडपर्वको शुभकामना समेत दिएका छन् । गत कात्तिक ३० गतेको मिति राखेर प्रकाशन गरेको विज्ञप्ति सार्वजानिक गर्दै नेपालीले नेपालीले समस्या समाधानका लागि सहजीकरण गरिदिन सवैलाई आग्रह समेत गरेका छन् ।
उनले ढोरपाटन नगरपालिकाका मतदातालाई सम्बोधन गर्दै सेवामा छिट्टै आउने समेत वताएका छन् ।
यस्तो छ नेपालीले मंगलवार फेसवुकमार्फत बाचन गरेको बक्तब्यको पूर्णपाठ :







