बागलुङ / बागलुङ कालीका भगवती गुठी ब्यवस्थापन समितिले कात्तिक महिनाको आम्दानी खर्चको विवरण सार्वजनिक गरेको छ । गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बुधबार वसेको बैठकले कालीका भगवती मन्दिरमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो ।
गुठीले कात्तिकमा ४८ लाख ३१ हजार ४ सय ८३ आम्दानी गरेको छ । सो मध्ये १९ लाख ३६ हजार ८४ खर्च भएको अध्यक्ष कुमार खड्काले बताए । यो महिना गुठीको खुद बचत २८ लाख ९५ हजार ३ सय ९९ रूपैयाँ रहेको छ ।
गुठीमा भक्तालुले चढाएको नगद आम्दानी २७ लाख ९० हजार ९ सय ९५ रूपैयाँ, चामल विक्रीबाट १ लाख ७७ हजार ९ सय रुपैयाँ, बोका विक्रीबाट ३ लाख ९६ हजार ४ सय रुपैयाँ, कुखुरा विक्रीबाट ३० हजार २ सय ५० रुपैयाँ, राँगा विक्रीबाट १० हजार ८ सय रुपैयाँ र अन्य आर्थिक सहयोग १ लाख ७९ हजार ८ सय ८८ रुपैयाँ, ब्रतबन्धबाट १२ लाख २४ हजार २ सय ५० रुपैयाँ र पण्डितबाट १८ हजार ६ सय रुपैयाँ आम्दानी गरेको प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।

त्यसैगरी, खर्चतर्फ कर्मचारी तलबमा ५ लाख ४० हजार १ सय ८४ रुपैयाँ, बिधुत महसुस खर्च २४ हजार ६ सय ५० रुपैयाँ, टेलिफोन इन्टरनेट र्खा १५ हजार रुपैयाँ, अतिथि सत्कारमा १ लाख ६५ हजार रुपैयाँ, उपहार खर्च ६७ हजार रुपैयाँ र आर्थिक सहयोगमा १ लाख रुपैयाँ खर्च भएको छ ।
त्यस्तै पुर्वाधार विकास निर्माण ७ लाख ३६ हजार ५ सय ५० रुपैयाँ र दशैमा विशेष पुजा खर्च ४ लाख १६ हजार २ सय रुपैयाँ र मर्मत सम्भार खर्च २० हजार रुपैयाँ भएको राजभण्डारीले बताए ।





