पोखरा / आर्थिक वर्ष २०७८/ ७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका तीन करदातालाई आन्तरिक राजस्व कार्यालय पोखराले विहीबार सम्मान गरेको छ । राष्टिय कर दिवस तथा कर सप्ताह २०८० को समापनको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा वित्तिय क्ष्ँेत्रबाट जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्था, व्यापारतर्फ माछापुच्छ्े मेटल एन्ड मेशिनरी वक्र्स प्रालि र उद्योगतर्फ कर्माचार्य बेक्स एन्ड फुड्स प्रालि रहेका छन ।
उनीहरुलाई गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले सम्मान गरेका थिए । उक्त वर्ष जाल्पा लघुबित्तले ४ करोड ७ लाख ४६ हजार ८ सय ९९ रुपैया, माछापुच्छेले ९९ सय लाख २० हजार १ सय ९ रुपैया र कर्माचार्यले ३१ लाख ८४ हजार ५ सय ८८ रुपैया आयकर दाखिला गरेका थिए ।
यसैगरी आर्थिक वर्ष २०७९/ ०८० मा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीमध्ये नासु कृष्णहरी गौतमलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि प्रमुख सचिव बस्नेतले करदाता र कर प्रशासनबीचको सम्बन्ध सुमधुर बनाउदै जानुपर्नेमा जोड दिइन । कर तिर्नु सबैको दायित्व हो भन्दै उनले यो कुरा सबैले महशुष गर्नुपर्ने पनि बताइन । देशको अर्थतन्त्रको मुख्या आधार कर अर्थात निजी क्षेत्र रहेको उनको भनाइ थियो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय गण्डकीका सचिव बिनोदबहादुर कुवरले विधि र प्रविधिकले कर प्रशासनमा सकरात्मक सुधार हुदै गएको बताए । आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिज्यालले करदातालाई सधै सम्मान गर्नुपर्ने बताए ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले कर कानुनको पालना गरी राजस्व संकलनमा योगदान पुराएको भन्दै करदाताप्रति आभार व्यक्त गरे । कर दिवसले सार्थकता पाएको भन्दै उनले कर प्रशासनको सेवा र गुणस्तरमा धेरै परिवर्तन भएको दावी गरे ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, चेम्बर अफ कमर्स पोखराका अध्यक्ष यमनाथ पौडेललगायतले कर प्रशासन व्यवसायमैत्री बन्नुपर्ने बताए । विना दर्ताका व्यवसायले कर तिर्ने व्यवसायी मर्कामा परेको भन्दै उनीहरुले कर तिरेको छु भनेर गर्व हुने वातावरण बनाउनुपर्नेमा जोड दिए । कर कहर नभइ स्वतस्फुर्तरुपमा तिर्ने अवस्था आओस भन्दै वक्ताहरुले करको दायरा बढाउनु पनि सुझाए ।
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा राजस्व संकलन लक्ष्यको १०१.६८ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयको ६ अर्ब ३९ करोड ४६ लाख ८१ हजार राजस्व संकलन गर्ने वार्षीक लक्ष्य रहेकोमा पहिलो चौमासिकमा १ अर्ब ३८ करोड ४८ लाख ७९ हजार राजस्व संकलन भएको छ ।
कार्यालयमा आयकरमा ६६ हजार ८ सय ७५, मुल्य अभिबृद्धि करमा १२ हजार ९३ र अन्तः शुल्कमा ४ हजार ४ सय ७० करदाता दर्ता भएको छन । व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या १ लाख ६२ हजार ३ सय ९० पुगेको प्रमुख शर्माले बताए ।




