बागलुङ/ आन्तरिक राजश्व कार्यालय बागलुङले धेरै आयकर तिर्ने सात जना करदातालाई सम्मान उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ । राष्ट्रिय कर दिवसअन्तर्गतको सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा बिहीबार सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
कार्यालयले सप्ताहको अवसरमा बिभिन्न सचेतना मुलक कार्यक्रमसमेत गरेको थियो । कर सप्ताहको पहिलो दिनको पहिलो सेवाग्राही ढोरपाटन नगरपालिका, १ बाट व्यवसाय दर्ता गरेका बानियाँ मेडिकल एण्ड क्लिनिक प्रा.लि. को प्रोपराइटर लक्ष्मी खड्कालाई सम्मान गरेर सम्ताह सुरु भएको थियो । उद्योग बाणिज्य संघ, बिभिन्न व्यवसयीहरु, सञ्चार माध्याम लगायतका माध्यामबाट सचेतनामुलक कार्यक्रमहरु गरेर दिवस मनाईएको थियो ।

सबैभन्दा धेरै कर तिर्नेमा सिवाईसी नेपाल लघुबित्त वित्तिय संस्था बागलुङ, जोर गणेश स्टोर्स बागलुङ, लक्ष्मि हिल ट्रेडर्स म्याग्दी, दि क्लिफ प्रा.लि. पर्वत, स्नेहा किराना स्टोर्स पर्वत दामोदर कुण्ड कन्ट्रक्सन मुस्ताङ र हिमालय भेनियर उद्योग पर्वत रहेका छन् । त्यस्तै बर्षभरी उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुमध्येबाट कार्यालयमा कार्यरत सम्भु अधिकारी पुरस्कृत भएका छन् ।

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’भन्ने नारासहितको कर सप्ताह मनाईएको थियो । सप्ताहको समापनमा बोल्ने बक्ताहरुले करको दायरालाई फराकिलो बनाउन आग्रह गरे ।





