बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कुबेरधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्छ: उपसभामुख थापा

कुबेरधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्छ: उपसभामुख थापा


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८०, शनिबार

बागलुङ/गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले मालिकाको कुबेरधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्ने बताएकी छन् ।
बागलुङ नगरपालिका वडा नं. ५, मालिका, पञ्चासेस्थित निर्माणाधीन कुबेर धाममा आयोजित विश्व शान्ति अखण्ड श्री हरिनाम संकीर्तनको समापन गर्दै उपसभामुख थापाले धार्मिक पर्यटनको विकासमा कुबेर धाम कोसेढुंगा बन्न सक्ने धारणा व्यक्त गरिन् ।

कुबेरधाम मालिका धार्मिक पर्यटन विकास संस्थाले आयोजना गरेको सो कार्यक्रममा उहाँले आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताइन् । कुबेर धामको विकासका लागि गण्डकी प्रदेश सरकारको आवश्यक ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्दै उपसभामुख थापाले धार्मिक पर्यटनको विकासमा सबैको हातेमालो जरुरी रहेको बताइन ।

कुबेरधाम नजिकै बागलुङ कालिका, पञ्चकोट, गलेश्वरजस्ता प्रसिद्ध तीर्थस्थलहरू रहेको भन्दै उनले धार्मिक केन्द्रहरूको संरक्षण र प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताइन । धर्मनिरपेक्षताले सबै धर्मलाई समान व्यवहार गर्ने बताउँदै उपसभामुख थापाले धार्मिक सहिष्णुता नेपालको पहिचान भएको समेत बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेशसभाको प्रदेश मामिला तथा कानून समितिकी सभापति चम्पादेवी खड्काले कुबेर धामलाई यस क्षेत्रकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने धारणा व्यक्त गरिन् ।

धार्मिक पर्यटनको विकास गर्दै यस क्षेत्रको आर्थिक गतिविधि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले गाउँमै बसेर स्वरोजगार हुने वातावरण बनाउनु आजको चुनौती रहेको बताइन । कुबेर धामको भौतिक विकासमा गण्डकी प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउँदै सभापति खड्काले विकास निर्माणमा सबै राजनैतिक दल एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखिन् ।

कुबेर धाम मालिका धार्मिक पर्यटन विकास संस्थाका संस्थापक अध्यक्ष जगद्गुरु श्री हिमालय बाबाजीले कुबेर धामको विकासमा आफूले गरेको संकल्पमा स्थानीयबासीको साथ रहेको जनाउँदै सरकारले पनि यसको विकासलाई प्राथमिकतामा राख्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा नेपाल सरकारका उपसचिव झंकनाथ ढकाल, वडाध्यक्ष हरिप्रसाद शर्माले कुबेर धामको विकासमा सबैको हातेमालो आवश्यक रहेको जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->