बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

८ केजी गाँजासहित काँठेखोलाबाट दुई युवा पक्राउ

८ केजी गाँजासहित काँठेखोलाबाट दुई युवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८०, शनिबार

बागलुङ / बागलुङको काँठेखोलाबाट लागुऔषध गाँजासहित दुई युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले ८ केजी २०८ ग्राम लागुऔषध गाँजाको धुलोसहित काठेखोला गाउँपालिका-५ काउलेका ३० वर्षीय प्रेम भन्ने गिरीप्रसाद श्रीस र २९ वर्षीय तिलक भन्ने तुलबहादुर श्रीसलाई पक्राउ गरेको हो ।

उनीहरुले घरबाट लागुऔषध गाँजाको कारोबार गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए।

दुवै जनाको घर खानतलासी गर्दा एकमुष्ट ८ केजी २०८ ग्राम गाँजाको धुलो जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको डीएसपी केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->