बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ नगरका फुटपाथ सफाइ र रंगरोगन

बागलुङ नगरका फुटपाथ सफाइ र रंगरोगन


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०८०, आइतबार

बागलुङ / काम त अघिल्लै वर्ष हुनुपर्ने हो तर ढिलै भएपनि अहिले बागलुङ नगरपालिकाको मुख्य बजार क्षेत्र चिटिक्क देखिएको छ । सडक पेटीका सामग्री हटाइएको छ । खाल्डाखुल्डी पुरिएको छ ।

कतिपय सडकहरु पुरै कालोपत्रे भए । सडकको ‘डिमार्केसन’ गरिएको छ । दायाँबाँया फुटपाथजस्तो देखिने गरी रंगरोगन भएपछि बजारबासीले फरक खालको महसुस गरेको बताए ।

गत भदौ १ गतेका लागि अन्तिम समय दिएर नगरपालिकाले फुटपाथ खाली गरेको थियो । कतिपय भित्री सडक चौडा पार्ने काम समेत सुरु भएको छ । मुख्य सडकका चोक सफाइको कामले पनि गति लिएको छ । ‘पहिला गाडी घुमाउन नसकिने चोकहरु सफा र फराकिलो भएका छन्,’ बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले भने,‘अझै धेरै सुधार गर्नुपर्ने काम बाँकी छ ।’

फुटपाथका लागि रेखा लगाइदिएपछि पैदल यात्रीले पनि आफ्नो साइट लगाएर हिड्न थालेका छन् । सडकको बीच भागमै हिड्ने यात्रीहरु अहिले साइड लागेर हिड्दा सवारी साधनलाइ पनि सहज भएको हो । ‘सरर हिड्दा आनन्द पनि लागेको छ, बीच बाटोमा मानिस पनि खासै देखिँंदैनन्,’ सवारी चालक ज्योती किसानले भने, ‘पैदल यात्रीलाई बानी परेपछि अझै सहज हुनेछ ।’

नगरपालिकाले नगर प्रहरी खटाएर फुटपाथमा व्यापारिक सामान राख्न रोक्ने गरेको छ । तरकारी तथा फलफूलजन्य बस्तु बिक्रीका लागि बिहान र बेलुकीको समय छुट्टयाइएको छ । जसका कारण किसानले आफ्नो उत्पादन बिहान बेलुकी बेच्छन् ।

नगरपालिकाका इन्जिनियर सोबिन घर्तीका अनुसार नगरपालिका भित्रका सबै सडकमा परेका खाल्डाखुल्डी टालिएको हो । त्यस्तै विभिन्न चोक र शाखा सडक गरी १ किमी कालोपत्रे भएको छ । त्यसका लागि गत आर्थिक वर्षको बजेटबाट नगरपालिकाले १ करोड ३८ लाख विनियोजन गरेको थियो । सक्षम ब्रदर्शले लिएको ठेक्काबाट १ करोड ३४ लाख ५५ हजारमा सबै काम सम्पन्न भएको उनले बताए ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले यतिले मात्र नगरको सुन्दरता भैनसकेको बताए । ‘उनले हरेक नागरिकले आफ्नो घर अगाडि आफंै सफाइ गर्ने र कुनै काम भत्के बिग्रेको खण्डमा नागरिक स्वयंले बनाउने गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘ठूलो खर्च आउने स्थानमा नगरपालिकाले मर्मत गर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->