बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखराका सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

पोखराका सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८०, सोमबार

पोखरा / यातायात व्यवस्था कार्यालय पोखराले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।

‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख डिल्ली रिजालले जानकारी दिए ।

उनले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको बताए ।

‘इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन’, कार्यालय प्रमुख रिजालले भने, ‘अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।’

कार्यालयले सेवाग्राही र अटो व्यवसायीलाई अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि  सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->