आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कोरियन भाषा परीक्षामा ३५ हजार सहभागी मध्ये ४ हजार मात्रै उत्तीर्ण

कोरियन भाषा परीक्षामा ३५ हजार सहभागी मध्ये ४ हजार मात्रै उत्तीर्ण


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८०, सोमबार

पोखरा / वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक श्रमिकले दिएको भाषा परीक्षामा ४ हजार ९८ परीक्षार्थी उत्तीर्ण भएका छन्। ३५ हजार ४७८ मध्ये ३२ हजार ५०७ परीक्षार्थी परीक्षामा सहभागी भएकोमा ४ हजार ९८ जना पास भएका ईपीएस कोरिया शाखाले जनाएको छ।

सोमबार सूचना प्रकाशित गरी ईपीएस कोरिया शाखाले असोज १ गतेदेखि मंसिर ७ गतेसम्म सम्पन्न भएको सिपबुइल्डिङ क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षाको नतिजा आज (मंसिर ११ गते) प्रकाशन भएको जनाएको छ।

पास भएका ४ हजार ९८ जनामध्ये ३ हजार ९०१ जना पुरुष र १९७ जना महिला छन्। परीक्षामा ३३हजार २०१ पुरुष र २ हजार २७७ जना महिला सहभागी थिए।

पहिलो चरणको कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको दोस्रो चरणको स्किल टेस्ट एण्ड कम्पिटेन्सी टेस्टको परीक्षा हुनेछ। सो परीक्षामा उत्तीर्ण भएपछि मात्रै अन्तिम नामावली प्रकाशित हुने ईपीएस शाखाले जनाएको छ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्र अन्तर्गत कोरियामा नेपाली कामदार पठाउन उम्मेदवार छनौटका लागि एचआरडी सर्भिस अफ कोरियाले सो परीक्षा लिएको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->