बागलुङ / नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन शनिवार बागलुङमा समपन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रीय महासचिव भागिरथ सापकोटाले देशको आर्थिक विकास गर्न उद्यमीले खेलेको भूमिका महत्वपूर्ण भएको वताए ।
सो कार्यक्रममा महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव बहादुर कोइराला, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रिय उपाध्याय सञ्जय कुमार श्रेष्ठ र नेपाल राष्ट्रिय व्यापार संगठनका पूर्वअध्यक्ष पुनम शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका अध्यक्ष भवनराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासंघ गण्डकी प्रदेशका सदस्य दयाराम पौडेलले गरेका थिए ।
अधिवेशनले व्यवसायी दुर्गा कुँवरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा कुलराज शर्मा हिमाल र हिरामणी उपाध्याय, सचिवमा राजु गौतम, कोषाध्यक्षमा हरि आचार्य, उपसचिवमा शशि भटटराई र राधा देवी सुवेदी ढुंगाना तथा सहकोषाध्यक्षमा रेणु हमाल चयन भएको महासंघले जनाएको छ ।
कार्य समितिको सदस्यहरुमा ऋषिराम शर्मा, सूर्य चापागाईं, मात्रिका आचार्य, राम बहादुर केसी, कुमार पौडेल, अनुप रिजाल, तिर्थ कुमारी पौडेल, युवराज कँडेल, विजय पौडेल, नारायण शर्मा र वावुराम लम्साल चयन भएको अध्यक्ष कुँवरले बताए ।





