शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

विकट गुर्जा गाउँमा साइकलमा सरर…

विकट गुर्जा गाउँमा साइकलमा सरर…


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८०, शुक्रबार

म्याग्दी / म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–१, गुर्जामा पहिलोपटक साइक्लिस्ट दीपक श्रेष्ठ र कमला पुन साइकल चढेर पुगेका छन्। आइतबार बिहान पोखराबाट यात्रा सुरू गरेका दीपक र कमला जिल्लाको अति विकट मानिने गूर्जामा बिहिबार दिउँसो गुर्जा पुगेका हुन् । समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गुर्जामा पुग्न दीपक र कमलालाई ५ दिन लागेको छ ।

पोखराबाट पहिलो दिन मालढुंगा, दोस्रो दिन पश्चिम म्याग्दीको ताकम तेस्रोदिन लुलाङ, चौथो दिन देउराली र पाँचौ दिन गुर्जा पुगेको साइक्लिस्ट दीपक श्रेष्ठले बताए । ‘गूर्जा निकै सुन्दर बस्ती रहेछ, यहाँको मनमोहक दृष्यले यात्राको सबै थकान बिर्साइदिएको छ,’ श्रेष्ठले भने । नेपालका पूराना, अनुभवी साइक्लिस्ट श्रेष्ठले लुलाङ हुँदै गुर्जासम्मको यात्रा अविस्मरणीय भएको बताए ।

सन् १९८५ देखि माउण्टेन साइकलमा यात्रा गरिरहेका दीपकले नेपालका ग्रामिण बस्तीको यात्रालाई निरन्तरता दिने बताए । ‘म्याग्दीको विकट बस्ती रहेछ, धेरै यात्रा गरेपछि निकै टाढाको बस्तीमा आइपुग्दा फरक अनुभूति भयो,’ श्रेष्ठले भने । अनकन्टार भीर र वनजङ्गल पार गरेर मात्र गुर्जा पुग्दा बाटोमा बन्यजन्तु, चराचुरुङीको आवाजले यात्रा थप रमाइलो भएको उनले बताए ।उनले म्याग्दीको सदरमुकाम बेनीबाट लुलाङसम्म साइकलमा यात्रा गर्न निकै सहज रहेको बताए।

म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका-१,गूर्जाको यात्रामा साइक्लिस्ट दीपक श्रेष्ठ र कमला पुन । तस्वीरः ढोरपाटन

लुलाङबाट देउरालीसम्मको उकालोमा बोक्नुपरेपनि स्थानीयले बनाएको पैदलमार्गले साइकलमा यात्रा गर्न पनि सहज भएको बताए । उकालो, ओरालो, जंगल, झरना र ग्रामिण बस्तीबाट साइकलमा यात्रा गर्दा स्थानीयबासीको न्यानो मायाँ पाएको समेत श्रेष्ठले बताए ।

नेपालका विभिन्न भूभागमा पुगेर किर्तिमानी कायम गरेका श्रेष्ठसँगै साइकल यात्रामा रहेकी मालिका गाउँपालिका वडा नं. ३ रुम डाँडागाउँ पुख्यौली घर भई हाल काठमाण्डौमा बस्ने कमला पुनले केही ठाउँमा साइकल बोकेर यात्रा गरेपनि अन्य ठाउँमा सहजै आएको बताईन् ।

उनले पैदलमार्गको लुलाङदेखि गूर्जासम्मको कठिन यात्रा भएपनि प्राकृतिक सौन्दर्यताले मन लोभिएको बताईन् । आफ्नै जन्ँमभूमिको अति विकट बस्तीमा साइकलमा यात्रा गर्दा मिठो अनुभव भएको पुनको भनाई छ । यो माउन्टेन बाइक यात्राको नेतृत्व श्रेष्ठले गरेका छन् । गु

र्जाबाट रुघाचौर हुदै ढोरपाटन पुगेर बुर्तिवाङ, गलकोट हुदै बागलुङ पुग्ने साइक्लिस्ट पुनले बताईन् ।यता सडक सञ्जालले समेत नछोएको गुर्जामा पहिलोपटक साइकलमा यात्रा गरी आएका श्रेष्ठ र पुनलाई स्थानीयले स्वागत तथा विदाई गर्ने वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। उनले कठीन भू-भाग छिचोलेर गुर्जासम्मको यात्राको अनुभवलाई लिएर अन्य साइक्लिस्टलाई पनि आर्कषिन गर्ने गरी जटिल भुभाग मर्मत समेत गरिने बताए ।

गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको केन्द्र मु्ना देखि एक दिनको पैदल यात्रा गर्नुपर्दछ । म्याग्दीको दुर्गम गुर्जा गाउँमा अझै सडक पुगेको छैन । म्याग्दी जिल्लाको अन्तिम मानव बस्ती गुर्जालाई लुकेको बस्ती पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->