बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङको मानव सेवा आश्रममा आगलागी, दमकल आएन

बागलुङको मानव सेवा आश्रममा आगलागी, दमकल आएन


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८०, शुक्रबार

बागलुङ / मानव सेवा आश्रम बागलुङमा शुक्रवार विहान आगलागी भएको छ । बागलुङ नगरपालिका(३ किनारा टोलमा रहेको आश्रममा ग्यास सिलिन्डर पड्किँदा शुक्रबार आगलागी भएको हो ।

आश्रमका कर्मचारी र टोलवासीको सक्रियतामा आगो निभाइएको थियो । नयाँ ग्यास जोड्दा ग्यास लिक भएर आगलागी भएको मानव सेवा आश्रमका सञ्चालक विपना तामाङले बताईन । ‘आगलागी सुरु भएपछि हामीले तत्काल त्यहाँ भएको दुई वटा ग्यास सिलिण्डर हटाएर आगालागी नियन्त्रणमा लिएका छौ’, तामाङले भनिन् ।

आगलागीले भान्छामा भएको फ्रिज र केहि सामान नष्ट भएको छ । आगलागी भएको खबर गरेको २० मिनेटपछि मात्र प्रहरी आएको थियो । आगलागी भएको आधा घण्टा हुँदा पनि बागलुङ नगरपालिकाको दमकल भने आएन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->