बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पुसको दोस्रो साता प्रदेशस्तरीय बागलुङ महोत्सव आयोजना

पुसको दोस्रो साता प्रदेशस्तरीय बागलुङ महोत्सव आयोजना


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८०, शुक्रबार
फाईल तस्वीर

बागलुङ / कला संस्कृतिको संरक्षण र ब्यापार पद्र्धनका लागि बागलुङ उद्योग वाणिज्य संघले आगामी पुसको दोस्रो हप्तामा बागलुङ महोत्सव २०८० आयोजना गर्ने भएको छ।

धौलागिरी बहुमुखी क्याम्पस परिसरमा पुस ११ देखि २१ सम्म बागलुङ महोत्सव आयोजना गरिएको संघका महासचिव ऋषिराम गौतमले जानकारी दिए ।

महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न लागिएको छ ।

‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार – समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने मूल नाराको साथ महोत्सव आयोजना गरिएको छ ।

महोत्सवले बागलुङलाई व्यवसायिक गन्तव्य बनाउन र समग्र धौलागिरी क्षेत्रको पर्यटन प्रद्र्धन गर्न मदत पुग्ने विश्वास गरिएको संघका अध्यक्ष नरेश कँडेलले वताए ।

महोत्सवमा एक सय बिसभन्दा बढी स्टलहरु मार्फत मेलामा राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शनी गरिने अध्यक्ष कँडेलले वताए। अग्रेजी नयाँ वर्षको अवसर समेत परेकोले महोत्सवमा उल्लेखनीय सहभागीता रहने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->