बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रगति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः कुमार पौडेल

प्रगति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः कुमार पौडेल


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०८०, शनिबार

बागलुङ/ प्रगति बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको अध्यक्षमा पुनः कृष्ण प्रसाद पौडेल (कुमार) सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको बागलुङ बजारमा सम्पन्न १७औँ साधारणसभाले पौडेलको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र महादेव सापकोटाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्वत निर्वाचित गरेको हो ।

संचालक समितिको उपाध्यक्षमा तोयानाथ गौतम, सचिवमा बालकृष्ण शर्मा, सहसचिवमा नारायणदत्त रेग्मी र कोषाध्यक्षमा लक्ष्मीप्रसाद पौडेल निर्वाचित भएका छन् । सञ्चालक समितिको सदस्यमा विजयराज पन्त, बिष्णुप्रसाद शर्मा, रञ्जिता शर्मा, गंगादेवी शर्मा, हुमादेवी खड्का र विष्णुनाथ गौतम रहेका छन् ।

सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा महादेव सापकोटा, सदस्यमा मुरारी सापकोटा र चन्द्रकली शर्मा सर्वसम्मत भएको निर्वाचन उपसमिति संयोजक दिपक गौतमले जानकारी दिए ।

प्रगति सहकारीको नयाँ नेतृत्व । तस्वीरः ढोरपाटन

साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले गरेका थिए । कार्यक्रममा निर्वाचन उपसमिति संयोजक तथा दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय संचालक दिपक गौतम, सल्लाहकार डा. सुदर्शन शिलवाल, डा. डिल्लीराज गौतम, टिकाराम सापकोटा, काँठेखोला गाउँपालिका वडा नं. ४ का लक्ष्मण पुन र राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद गौतमले शुभकामनासहित बधाई मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा उत्कृष्ट कारोबारी, जेष्ठ शेयर सदस्य लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन सचिव उदयचन्द्र चापागाई र आर्थिक प्रतिवेदन सहसचिव बालकृष्ण शर्माले प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल (कुमार) को सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तोयानाथ गौतमले र सञ्चालन सचिव उदयचन्द्र चापागाईले गरेका थिए । निर्वाचित समितिको घोषणा निर्वाचन समितिका सदस्य भिम गौतमले गरेको सचिव बालकृष्ण शर्माले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->