बागलुङ / आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा बागलुङ प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नं. १३ सल्यान बस्ने हरिसिंह नेपालीले घरायसी विवादका क्रममा कुटपिट गर्दा ५० वर्षीया श्रीमती सितली शाहीको मृत्यु भएको थियो ।
श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी सितलीको उपचारका क्रममा धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले आइतबार नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।





