बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमाले अध्यक्ष ओली सदरमुकाम बागलुङ बजार आईपुग्दै

एमाले अध्यक्ष ओली सदरमुकाम बागलुङ बजार आईपुग्दै


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०८०, बिहिबार

बागलुङ / समृद्धिका लागि संकल्प यात्रामा रहेको नेकपा एमालेको टिम विहिवार बागलुङ बजार आइपुग्दैछ । मध्यपहाडी यात्राको क्रममा रहेको सो टोली सबैभन्दा धेरै क्षेत्र फैलिएको बागलुङको यात्रामा अहिले विहान गलकोटबाट बागलुङ बजार आउन लागेको एमाले जिल्ला अध्यक्ष हिरा वहादुर केसीले वताए ।

नेकपा एमालेका केन्द्रिय सदस्य गोविन्द नेपालीका अनुसार टोली हिजो गलकोटमा बसेको छ । आज बिहान गलकोटबाट काँठेखोला हुँदे सदरमुकाम बागलुङ बजारमा हुने सन्देश सभामा भाग लिन टोली गलकोटबाट हिडिसकेको छ ।

बागलुङ बजारमा सन्देशसभामा भाग लिने, कालिका मन्दिरको दर्शन गर्ने र खाना खाने कार्यक्रम छ । अध्यक्ष केपी शर्मा ओलीले स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । बागलुङबाट टोली पर्वतको कुश्मामा हुने जनसभामा भाग लिन जाने छ । आजको यात्रामा टोलीले १ सय २० कलिोमिटर दुरी पार गर्नुपर्ने छ ।

मध्यपहाडका सामाजिक आर्थिक,साँस्कृतिक अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन,स्थानीयबासीसँग अन्तरक्रिया गरेर त्यहाँका समस्याको पहिचान र समाधान उपायको खोजीम मंसिर १४ गतेबाट एमालेले मध्यपहाडी राजमार्गको यात्रा सुरु गरेको हो ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारा सहित मंसिर १४ गते राजमार्गको पश्चिमी विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पुष २ गते पाँचथरको चिवाभञ्जयाङमा टुंगिनेछ । यात्रा अवधिभर अध्यक्ष ओली सहभागी हुनुहुनेछ । यात्रामा करिब २ सय जनाको केन्द्रीय टोली छ भने अन्य नेता कार्यकर्ताहरु आफ्नो आफ्नो प्रदेशमा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->