बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमालेको समृद्धिको लागि संकल्प यात्राको टोलीलाई बागलुङमा स्वागत

एमालेको समृद्धिको लागि संकल्प यात्राको टोलीलाई बागलुङमा स्वागत


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०८०, बिहिबार

बागलुङ/नेकपा एमाले मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको टोली बिहीबार मध्यान्ह बागलुङ सदरमुकाम आइपुगेको छ ।

झुलाघाटबाट अभियान सुरु भएको आठौँ दिन टोली बागलुङ आइपुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू बागलुङ पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन् ।

बागलुङ बजारमा विभिन्न झाँकी सहित एमाले टोलीलाई स्वागत गरिएको छ । अभियानमा रहेको एमालेको टोलीलाई स्वागत गर्न स्थानीय सडकमा लामो समयदेखि लाइन लागेर बसेका थिए ।

बागलुङमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि खाना खाएर पोखरातर्फ लाग्ने कार्यक्रम रहेको छ । आजै पर्वतको कुश्मामामा पनि सभा हुने छ । आजको बास पोखरा तय गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->