बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सरकार लाज लुकाएर बसेको छ : एमाले अध्यक्ष ओली

सरकार लाज लुकाएर बसेको छ : एमाले अध्यक्ष ओली


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०८०, बिहिबार

बागलुङ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले बिकास निर्माणका कुनैपनि काम गर्न नसक्ने अबस्थामा पुगेको बताएका छन् । कर्मचारीको तलवभत्ताका लागि समेत ऋण उठाउनुपर्ने अबस्थामा देशलाई पु¥याएर सरकार सञ्चालकहरु लाज पचाएर कुर्सिमा बसेको ओलीको आरोप थियो । उनले कर्मचारीको तनखा भर्न नसकेको सरकारबाट बिकास निर्माणको आशा नगर्न आग्रह गरे । ‘यो सरकार लाज पचाएको लुते सरकार हो’ ओलीले भने ‘नैतिकता नभएर कुर्सिमा बसेका छन्, नत्र राजीनामा गरेर हिँड्नुपर्ने हो ।’ उनले वर्तमान सरकारले कुनैपनि काम गर्न नसकेको भन्दै देशको अर्थतन्त्र धारासाही बनाएको आरोप समेत लगाए ।

अध्यक्ष ओलीलले एमाले सरकारमा हुँदा गरेका कामको स्मरण गरे । एमालेले सञ्चालन गरेको ‘मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा झुलाघाट–चिवाभन्ज्याङ’ निस्केका ओलीले बागलुङ जिल्ला कमिटीले आयोजना गरेको सन्देश सभामा एमाले सरकारमा हुँदा सुरुवात गरेका विकासका कामको स्मरण गर्दै गठबन्धन सरकारले उक्त कामहरु प्रभावित बनाएको आरोप लगाए । कोराला नाका सञ्चालन, मुस्ताङमै युरिनियमको खानी अध्ययनका लागि विशेषज्ञ झिकाएर सेनाको जिम्मा लगाउने, पोखरा बिमानस्थल निर्माण लगायतका कामको स्मरण गर्दै ओलीले एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकको योजना कटौती गरेर वर्तमान सरकारले जनतालाई धोका दिएको बताए ।

‘पोखरा बिमानस्थल बन्यो तर कम्र्फटेवलवाला सरकारले कोही रिसाउला भनेर जहाज आउन दिँदैन्’ ओलीले भने । गठबन्धन सरकारलाई हुतियाराको संज्ञा दिदैँ एमाले अध्यक्ष ओलीले बढ्दो युवा पलायन, बेरोजगारी, गरिबी, अराजकता, जनतामा अन्योलता, निराशाको अन्त्य गर्न नेकपा एमालेकै सरकार आउनु पर्ने बताए ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ झुलाघाट–चिवाभन्ज्याङ सम्मृद्धिका लागि संकल्प यात्रा तय गर्नुको मुख्य उद्देश्य जनताको मनोभावना अध्ययन गर्नु र मध्यपहाडी लोकमार्गको सम्भावना खोज्नु रहेको बताउँदै ओलीले जनतामा एमालेले देश बर्बाद हुन दिदैँन भन्ने विश्वास रहेको बताए ।

उनले जनताको अपेक्षा अनुसार सुखी नेपाली सम्वृद्ध नेपाल बनाउँने संकल्प पुरा गर्न पार्टीको तल्लो तहदेखिनै काम गर्न आव्हन गरे । एमालेले गाउँमै रोजगार सिर्जना गरेर बसाइँसराइलाई रोक्ने खाले कार्यक्रम ल्याउने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->