शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनी आक्रमणमा छियाछिया भएको पोल म्याग्दी फर्काइयो

बेनी आक्रमणमा छियाछिया भएको पोल म्याग्दी फर्काइयो


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०८०, बिहिबार

म्याग्दी / २०६० चैत ७ गते तत्कालीन सशस्त्र विद्रोही नेकपा (माओवादी)ले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा भएको भिडन्तमा परेको विद्युत् पोल बिहीबार बेनी फिर्ता गर्न काठमाडौंबाट हिँडाइएको छ ।

०६७ असोज २१ गतेदेखि ललितपुरको पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालयले बेनीबाट ल्याएर उक्त पोल यलमाया केन्द्रमा राखेको थियो । उक्त पोल १३ वर्षपछि मदन पुरस्कार गुठीले बिहीबार बेनी नगरपालिकाका प्रतिनिधिलाई हस्तान्तरण गरेको हो ।

पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले यलमाया केन्द्रको आगनमा रहेको उक्त पोल उक्काएर बेनी नगरपालिकाका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए । पोल बिहीबार नै म्याग्दी कोरोला यातायातको ना. ७ ख. ७२७१ नम्बरको रात्रिबसमा राखेर ल्याइँदै गरेको बेनी नगरपालिका प्रमुख सुरत केसीले बताए ।

बेनीको मंगलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालीन समयमा कालीप्रसाद गण (ई)छेउमा रहेको बिजुलीको पोलमा भिडन्त क्रममा सयौं गोली लागि प्वाल नै प्वाल परेको अवस्थामा रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->