आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

एमालेको समृद्धिका लागि सङ्कल्प यात्राको टोली लमजुङमा पुग्दा जनसागर उर्लियो

एमालेको समृद्धिका लागि सङ्कल्प यात्राको टोली लमजुङमा पुग्दा जनसागर उर्लियो


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०८०, शुक्रबार

लम्जुङ‍ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लमजुङमा पुग्दा विशाल जनसागर उर्लिएको छ। मध्यपहाडी पुष्पलाल लोकमार्ग विशेष अभियान ९झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा०मा रहेको नेकपा एमालेको टोली लमजुङ पुगेको हो।

अभियानको नवौं दिन शुक्रबार बिहान पोखराबाट हिँडेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली केहीबेरअघि लमजुङ पुगेको हो। प‍ोखरा(७ नुवार्थोकस्थित पुष्पलालको प्रतिमामा माल्यार्पण गरी नवौं दिनको यात्रा थालेको टोली तालचोकमा भेटघाट तथा संवाद् कार्यक्रम गरेर तालबेंसी र पिप्ले बजार हुँदै लमजुङ जिल्ला प्रवेश गरेको हो।

लमजुङमा टोलीलाई भव्य स्वागत गरिएको छ। टोलीलाई नेकपा एमालेका नेता-कार्यकर्ता, भ्रातृ संगठन, स्थानीय तथा शुभचिन्तकले भव्य स्वागत गरेका हुन्।

अध्यक्ष ओलीलाई हेर्न लमजुङका गाउँगाउँबाट बालबालिका देखि वृद्धवृद्धासम्म भिड लागेका छन्। टोली सुन्दर बजार पुगेर जनसभामा सहभागी भएको छ । सभालाई अध्यक्ष ओलीले सम्बोधन गरीरहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->