बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अस्पतालमा हस्ताक्षेप गरिएको होईन : संगठन

अस्पतालमा हस्ताक्षेप गरिएको होईन : संगठन


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०८०, शनिबार

बागलुङ/ नेपाल निजामती कर्मचारी संगठन बागलुङले धौलागिरी अस्पतालमा कर्मचारी खटनपटनको बिषयमा आफ्नो संगठनले हस्तक्षेप नगरेको दाबी गरेको छ । शुक्रबार एक प्रेस बिज्ञप्ती जारी गर्दै संगठनले कर्मचारी खटाउने बिषय कार्यालयको आन्तरिक बिषय भएको भन्दै सञ्चार माध्याममा समाचार आएजस्तो हस्ताक्षेप नगरेको दाबी गरेको हो । सञ्चार माध्याममा आएका समाचारप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको भन्दै संगठनले अस्पतालमा करारमा कार्यरत कर्मचारीहरुले पारिश्रमिक नपाएको बिषयमा ध्यानाकर्षण गराउनका लागि मात्रै आँफुहरु त्यहाँ पुगेको उल्लेख गरेको छ ।

संगठनका अध्यक्ष श्याम थापा मगरले जारी गरेको बिज्ञप्तीमा भनिएको छ– ‘अस्पताल प्रशासनबाट प्राविधिक कारणबाट केही करारका कर्मचारीहरुलाई तलबभत्ता खुवाउन केही ढिलो भएको र मंसिर महिनासम्म सवैलाई नियमानुसार तलब भत्ता खुवाउने र अस्पतालको सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने भनी जानकारी प्राप्त भएपछि हामी विचको छलफल टुङ्गिएको थियो । अस्पताल प्रशासनसंग संगठनका पदाधिकारीबीच छलफल नभएको विषय समेटी प्रकाशित समाचार आफैमा भ्रामक रहेको संगठनको ठहर छ ।’

कार्यालयमा कुन कर्मचारी कहाँ रहने, के काम गर्ने, कति पारिश्रमिक दिने जस्ता विषयवस्तु कार्यालयको आन्तरिक विषय भएको कुरामा संगठन आफै जानकार रहेको हुँदा त्यस्ता विषयहरुमा संगठनले दबाव नदिएको थापाले उल्लखे गरेका छन् ।
धौलागिरी अस्पतालमा कम्प्युटर अप्रेटरको रुपमा कार्यरत चन्द्रकला शर्मालाई स्टोर सहायकको रुपमा राख्न अस्पताल प्रशासनलाई दबाव दिएको भन्दै केही स्थानीय सञ्चार माध्याममा समाचार प्रकाशन भएको थियो ।

नेपाल निजामति कर्मचारी संगठन बागलुङका अध्यक्ष श्याम कुमार थापा, नेपाल निजामति कर्मचारी संगठन गण्डकी प्रदेश अध्यक्ष घनश्याम सापकोटा लगायतले शर्मालाई स्टोर किपरको रुपमा राख्न दबाव दिएको समाचारमा दाबी गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->