बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

युआरएलको वार्षिकोत्सवमा डा. बुद्धि र पत्रकार दीपेन्द्र सम्मानित

युआरएलको वार्षिकोत्सवमा डा. बुद्धि र पत्रकार दीपेन्द्र सम्मानित


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०८०, आइतबार

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. बुद्धिबहादुर थापा र पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ पोखरामा सम्मानित भएका छन् ।

स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै शनिबार एक समारोहका बीचमा उनीहरुलाई सम्मान गरिएको हो । युआरएलको १० औं वार्षिकोत्सवको अवसरमा नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै प्राडा. बुद्धिबहादुर थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो ।

यस्तै राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट दीपेन्द्र श्रेष्ठ पुरस्कृत भएका हुन् । अवार्डबाट सम्मानित प्राडा. थापाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संस्थापक उपकुलपति भई काम गरिसकेका छन् ।

यसअघि प्रादेशिक स्तरमा पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएकामा यसपटकदेखि फाउन्डेसनमार्फत् पुरस्कारलाई राष्ट्रिय स्तरको बनाई प्रदान गरेको हो । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील युआरएल फाउन्डेसनद्वारा गठित प्रतिभा छनोट समितिको उनीहरुको नाम छनौट गरेको थियो ।

गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरीले सामाजिक सेवाकालागि स्थापना र प्रवद्र्धन गरेको फाउन्डेसनले पहिलो पटक लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->