बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काठेखोलाको कर्लिममा नागरिक आरोग्य कार्यक्रम संचालन

काठेखोलाको कर्लिममा नागरिक आरोग्य कार्यक्रम संचालन


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०८०, सोमबार

बागलुङ/धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा काठेखोला गाउँपालिका–६ कर्लिममा जेष्ठ नागरिक आरोग्य कार्यक्रम संचालन भएको छ ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वडा अध्यक्ष ज्ञामनाथ कँडेलले कर्लिमका जेष्ठ नागरिक स्वास्थ्य सेवाको पहुँचमा पुग्न कठिन भएको साथै भुगोलको अनुकुल परिस्थिती नभएको हुँदा वडाले स्थान छनोटमा प्राथमिकता दिएको र जेष्ठ नागरिकले आफ्नो स्वस्थ्य जाँच घरदैलो नजिक गर्न पाउनु भएको बताए ।

कार्यक्रमका अध्यक्ष आयुर्बेद चिकित्सक डा. शरद पन्थीले जेष्ठ नागरिक नसर्ने प्रकृतिका रोग र बृद्धावस्थाजन्य समस्याले पिडामा हुने भएकोले उनीहरुको स्वास्थ्य प्रर्वद्वन गर्ने हेतुले जेष्ठ नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरेको बताए ।

कार्यक्रममा डा. शरद पन्थी, डा. कमल बिक्रम पौडेल लगायतको टोलीले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नुका साथै औषधी बितरण गरी स्वास्थ्य परामर्श प्रदान गरेको थियोे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->