सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक: अध्यक्ष ओली

देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक: अध्यक्ष ओली


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०८०, सोमबार

सिन्धुपाल्चोक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका छन् ।

झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने भन्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको र कमजोर बनाउने षडयन्त्र भए पनि लोकप्रिय पार्टी बन्न सफल भएको बताए ।

एमाले सरकारले गरेका कामबाट तर्सेर विभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको अध्यक्ष ओलीले जिकिर गरे । एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै वैकल्पीक शक्ति नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->