बागलुङ / बाइस वर्षदेखि अमेरिका बसेका यहाँका ५५ वर्षीय खेम भण्डारीले जिल्ला प्रशासन कार्यालय बागलुङबाट पहिलो पटक ‘एनआरएनए’ नागरिकता लिएका छन् ।
सरकारले गैर आवासीय नेपालीले पनि नागरिकता लिन पाउने नीतिगत व्यवस्था गरेपछि भण्डारीले नागरिकता लिएका हुन् । गलकोट नगरपालिका(२ नरेठाँटी घर भई २२ वर्षअघि उनी अमेरिका गएका थिए । भारतीय सेनाबाट निवृत्त भएपछि उनी अमेरिका गएका हुन् ।
अमेरिकाको नागरिकता पाएपछि भण्डारीले नेपाली नागरिकता त्यागेका थिए । उनकी पत्नि मिरा र २ छोरीले पनि अमेरिकाको नागरिकता लिएका छन् । पुर्ख्यौली सम्पत्ति भए पनि बेचबिखन नगरेका भण्डारीले बेला(बेला नेपाल आउन सहज भएको बताए । उनका छिमेकीहरु नेपालमा भएकोले चाडपर्वमा नियमित आउने गरेको बताए ।
बिहीबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भण्डारीलाई नागरिकता प्रदान गरे । बिहीबारै बागलुङ नगरपालिका(४ का यादव शर्माले पनि एनआरएनए नागरिकता लिएका छन् । उनी २५ वर्षदेखि बेल्जियममा बस्दै आएका थिए । सरकारले गरेको नीतिले उनीहरुले दोहोरो नागरिकता पाएका छन् ।





