बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बलात्कारका घटनामा कमी आएन्

बलात्कारका घटनामा कमी आएन्


  • ढोरपाटन संवाददाता
  • मंसिर ३० २०८०, शनिबार

बागलुङ/ घरेलु हिंसामा परेर चालु आर्थिक बर्षको पहिलो चार महिनामा बागलुङमा दुई जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने दुवै जना महिला हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्यांक अनुसार पछिल्ला तीन बर्षयता घरेलु हिंसाका कारण ज्यान गुमाएका यी दुई घटना मात्रै हुन् । घरेलु हिंसाका अन्य घटना भएपनि ज्यान गुमाउने घटना यसअघिका तीन बर्षमा भएका थिएनन् ।

जिल्लामा हिंसाका घटनामा उतारचढाव भैरहेका छन् । हिंसाका घटनामध्ये बलात्कारका घटनामा भने कमी नआएको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । आर्थिक बर्ष ०७७÷७८ मा बलात्कारका १४ वटा घटनाको उजुरी दर्ता भएका थिए । आर्थिक बर्ष ०७८÷७९ मा भने त्यो संख्या बढेर १८ पुगेको थियो । आव ०७९÷०८० मा २७ वटा बलात्कार घटना भएका थिए । चालु आर्थिक बर्षको पहिलो चार महिनामा ६ वटा घटना दर्ता भैसकेका छन् ।

बाल बिबाह नगन्य रहेको जिल्लामा दुई बर्ष पहिले एउटा घटना मात्रै प्रहरीसम्म आएको थियो । अन्य घटनाहरुको संख्या बिस्तारै घटेको भएपनि बलात्कारका घटनाको ग्राफ भने बढेको केसीले बताए । प्रहरीको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा घरेलु हिंसाका दुई सय ५७ वटा उजुरी दर्ता भएका छन् । अधिकांश घटनामा महिला पीडित छन् । अहिलेसम्म बागलुङमा पुरुषले आफूमाथि हिंसा भएको भन्दै उजुरी दिएका छैनन् ।

प्रहरीमा आव २०७७÷७८ मा ८३, २०७८÷७९ मा ७१, २०७९÷८० मा ८१ र चालु आवको साउनदेखि हालसम्म घरेलु हिंसामा परेको जनाउँदै २२ वटा उजुरी परेका छन् । प्रहरीमा उजुरी गरेका अधिकांश घटनाको मिलापत्र हुने गरेको छ । केही उजुरी भने आँफुखुसी अदालतसमेत पुग्ने गरेको केसीले बताए ।
नेपालमा उजुरी गरेर पीडित र पीडक बिदेशमा भएका कारण टुंगो लाग्न नसकेका घटनासमेत बागलुङमा छन् । अघिल्ला तीन आर्थिक बर्षकै एक÷एक वटा उजुरी बैदेशीक रोजगारीमा रहेका कारण टुंगो नलागेको केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->