बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको गुणस्तर सुधार्न बिद्यालय क्षेत्रलाई बर्गिकरण गर्ने नीति ल्याएको बताए । त्यसका लागि बिद्यार्थीको शिक्षा र स्वास्थ्यलाई समेत ध्यान दिने उनले बताए ।
बागलुङको गलकोट नगरपालिका–१० को पाण्डवखानी माबिको हिरक महोत्सव तथा ६२ औं वार्षिकोत्सव उद्घाटन गर्दै उनले आगामी शैक्षिक बर्षदेखिनै नमूनाको काम शुरु भैसकेको बताए । ‘ठूला बिद्यालयलाई लिड बिद्यालयको रुपमा विकास गर्ने, छरिएको बस्तीमा रेसिडेन्सियल बिद्यालय बनाउने योजना छ’ पाण्डेले भने, ‘दुरदराजको बिद्यार्थीले गुणस्तरीय शिक्षा पाउनुपर्छ ।’ उनले यो अभियानका लागि बिद्यालयको बर्गिकरण गरेर पढाइ संचालनका व्यवस्थापन शुरु भैसकेको बताए ।
गलकोट, बुर्तिवाङजस्ता सहर उन्मुख क्षेत्रमा लिड बिद्यालय बनाउने र ग्रामीण क्षेत्रमा आबासिय बिद्यालय बनाएर धेरै बिद्यार्थीले बसेर पढ्ने अबसर सिर्जना गर्न प्रदेश सरकार तयार रहेको उनले बताए ।
सबै जिल्लामा देखिने गरी त्यस्ता प्रकारका बिद्यालय बनाउने उनले बताए । पाण्डेले हरेक बिद्यालयमा कम्तिमा एकजना नर्स सहितको व्यवस्था गर्ने पनि बताए । नमूनाको रुपमा कतिपय जिल्लामा यस्ता काम शुरु भैसकेको उनको भनाइ छ । बागलुङमा पनि ५ वटा बिद्यालयमा यो अभियान शुरु भैसकेको हो ।
उनले पूर्वाधारतर्पm पनि बजेट छरिदा विकासले गति लिन नसकेको बताए । उनले बजेट नभएर काम ठप्प भएका सडकमा तत्काल काम संचालनको बाटो खोल्ने उनले घोषणा गरे । बागलुङमा मात्रै रणनीतिक सडकअन्र्तगत गलकोट पाण्डवखानी, सिगाना बरेङ लगायतका केही सडक अलपत्र छन् । ती सडक संचालनमा ल्याउनले उनले प्रतिवद्दता जनाए ।
पाण्डवखानी माबिले गाउँमै प्राविधिक शिक्षा संचालन गर्न हिरक महोत्सवको अबसरमा आर्थिक संकलन गरेको प्रअ नरबहादुर सुनारले बताए । अभियानअन्र्तगत शनिवार सम्म ३ करोड १८ लाख रुपैयाँ संकलन भैसकेको हो ।
बिद्यालयले पूर्व बिद्यार्थी डा. शेरबहादुर पुनको नेतृत्वमा थालेको अभियान ८ करोड रुपैया“ पु¥याउने लक्ष रहेको अध्यक्ष तिलक घर्तीले बताए । बिद्यालयले कृषि, भेटेनरी, डकर्मी र सिकर्मीजस्ता प्राविधिक उत्पादन गर्न लागेको हो । उक्त अभियानका लागि बिद्यालयको भौतिक पूर्वाधार बनाउनुपर्ने भएपछि अभिभावकहरुले लाखौं लगानी गरेर कक्षा कोठा बनाइदिएका छन् ।
हिरक महोत्सवमा ८ करोडको अक्षकोष तयारी
गाउँमै प्राविधिक शिक्षाको कक्षा संचालनगर्न यहाँको पाण्डवखानी माबिमा ८ करोडको अक्षयकोष स्थापना गर्न लागिएको छ ।
बिद्यालयले थालेको अभियानकालागि गलकोट नगरपालिका–१० को पाण्डवखानी बासी र पूर्व बिद्याथईले ३ करोड १८ रुपैयाँ संकलन गरिसकेका छन् । बिद्यालयले पूर्व बिद्यार्थी डा. शेरबहादुर पुनको नेतृत्वमा आर्थिक संकलन अभियान थालेको छ । यो अभियानमा एकबर्ष भित्रै ८ करोड रुपैयाँ संकलन गर्ने लक्ष बनाएको प्रधानाध्यापक नरबहादुर सुनार नबिनले बताए ।
बिद्यालयले कृषि, भेटेनरी, डकर्मी र सिकर्मी जस्ता प्राविधिक उत्पादन गर्न लागेको सुनारले जानकारी दिए । ‘हामीले डाक्टर र नर्स बनाउने प्राविधिक हैन, गाउ“मै अडिएर पनि रोजगारी पाउने प्राविधिक खोजेका हौं’ सुनारले भने, ‘यो अभियानलाई धेरै अभिभावक र पूर्व बिद्यार्थीले सहयोगको आश्वासन दिइसकेका छन् ।’ उक्त अभियानका लागि बिद्यालयको भौतिक पूर्वाधार समेत बनाउनुपर्ने भएपछि अभिभावकहरुले लाखौं लगानी गरेर कक्षा कोठा बनाइदिएका छन् ।
स्थानीय मानसिंह छन्त्यालले बिद्यालयको २ कोठे भवन बनाइदिएका छन् । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तीका अनुसार यहाँका दर्जनबढी कोठाका लागि अभिभावक नै दाता आइसकेको बताए । हाल कक्षा १२ सम्म पढाइ भैरहेको यो बिद्यालयमा प्राविधिक धारको कक्षा संचालन गर्न सकेमा बसाइ सराइ रोक्ने र आत्मनिर्भर वडा बन्ने घर्तीले बताए ।
बिद्यालयले संकलन गर्ने ८ करोड भने खर्च नगर्ने योजना बनाएको छ । अक्षयकोषमार्फत आउने व्याजबाट मात्र प्राविधिक शिक्षाको कक्षा संचालन, शिक्षक तथा कर्मचारी दरबन्दीको काम पुरा गर्ने उनले बताए । यो बिद्यालय सदरमुकाम बागलुङदेखि ७० किमीपश्चिममा पर्छ ।
नगरपालिकाको केन्द्र रहेको गलकोट पुग्न मात्रै यहाँबाट ३ घण्टा लाग्छ । ‘पालिका मुकाम पुगेर पढ्न समेत नसकेका बिद्यार्थीले गाउँघरमा पढ्न पाउने र प्राविधिक बिषय पढेर गाउँघरमै रोजगारी पाउन समेत सक्छन्’ घर्तीले भने, ‘यो अभियानले दुर्गम गाउँलाई नमूना बनाउने हाम्रो लक्ष हो ’ बिद्यालयले ६२ औं वार्षिकोत्सवको अबसर पारेर साता व्यापी हिरक महोत्सव समेत संचालन गरिरहेको छ ।





