बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङ बडिगाडले पालिकास्तरीय परीक्षा सञ्चालन गर्ने

बागलुङ बडिगाडले पालिकास्तरीय परीक्षा सञ्चालन गर्ने


  • अनिष पाठक
  • पुष ३ २०८०, मंगलबार

बागलुङ / बडिगाड गाँउपालिका भित्रका ६५ सामुदायिक र ३ वटा संस्थागत विद्यालयका विद्यार्थीले अब पालिकाले तयार गरेकोे प्रश्नपत्रको परीक्षामा सहभागिता जनाउनु पर्ने भएको छ । आइतबार पालिकामा सम्पन्न प्रधानाध्यापकहरुसंग विद्यार्थी मूल्यांकन र अभिलेखिकरण विषय छलफल कार्यक्रमबाट यस्तो निर्णय गरिएको हो ।

गाउँपालिकाले पालिका भित्र सञ्चालित विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्धेश्य सहित पालिकास्तरीय परीक्षा सञ्चालन गर्ने भएको गाउँपालिकाका शिक्षा अधिकृत पूर्ण बहादुर घर्ती मगरले जानकारी दिए ।

अहिलेसम्म विद्यालयहरुले आफै प्रश्नपत्र तैयार गरी परिक्षा सञ्चालन गर्ने गरेको भएपनि पालिकाभर एकरुपता ल्याउन कक्षा ४–१० सम्म पालिकाले नै प्रश्नपत्र निमार्ण गरेर एकैसमयमा पालिका स्तरीय परिक्षा सञ्चालन गरिने घर्तीले बताए ।

पालिकाभरका विद्यायलहरुको शैक्षिक गुणस्तरको स्तर पत्ता लगाउने र उत्कृष्ट विद्यालय एवं शिक्षक विद्यार्थीलाई पुरस्कृत तथा कमजोर विद्यालयलाई पृष्ठपोषण गर्ने उद्धेश्यले बडिगाड गाँउपालिकामा यस्तो निणर्य गरिएको पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताईन् ।

त्यस्तै बैठकमा कोभिड १९ का कारण भएको शैक्षिक क्षति पुरा गर्न परिपूरण कार्यक्रम सञ्चालन गरि विद्यार्थीहरुको कमजोरी पत्ता लगाई सुधारका कार्यक्रमहरु गर्ने निणर्य भएको घर्तीले जानकारी दिए ।

बडिगाड गाँउपालिका भित्रका सबै विद्यालयका प्रधानाध्यापक र पालिकाका जनप्रतिनिधी सहित सरोकारवालाहरुको बैठकले विद्यालयका कम्प्यूटर शिक्षकहरुका लागि ईमिस, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कर, सञ्चय कोष लगायतका अनलाईन भुक्तानी सहजीकरणका लागि तालिम सञ्चालन गर्ने निणर्य समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->