बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा लामो पुलबाट खसेर २२ बर्षिया युवाको मृत्यु

बागलुङमा लामो पुलबाट खसेर २२ बर्षिया युवाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०८०, बुधबार

बागलुङ / एशियाको लामो झोलुङ्गे पुल (गोल्डेन व्रिज) बाट खसेर बागलुङका २२ बर्षिया युवाको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरि कालीगण्डकी नदिमाथि निर्माण भएको झोलुङ्गे पुलबाट खस्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाका मृत्यु भएको हो ।

जिल्ला प्रहरीका अनुसार बुधबार साँझ पोने ६ बजे थापा पुलबाट एक्कासी कालीगण्डकी नदि किनारमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीले पुलबाट खसेर थापाको मृत्यु भएको जानकारी दिनुए । थापा पुलबाट १३८ मिटर तल काली नदीमा खसेका हुन् ।

खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली कालीगण्डकी किनारमा पुग्दा थापाको मृत्यु भर्इ सकेको प्रहरी निरीक्षक केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->