शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कालीगण्डकी नदीमा मोटरसाइकलसहित खसेका युवाको शव फेला

कालीगण्डकी नदीमा मोटरसाइकलसहित खसेका युवाको शव फेला


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८०, बिहिबार

म्याग्दी / अन्नपूर्ण गाउँपालिका -३ का ३१ वर्षीय सुजन घर्ती क्षेत्रीको तीन दिनपछि नौनीबगर छेउमा कालीगण्डकी नदीको खोंचमा शव भेटिएको छ । सशस्त्र प्रहरी बल गलेश्वरस्थित आश्रित गुल्मबाट खटिएका गोताखोर र नेपाल प्रहरीको संयुक्त टोलीले जिसिको शव बिहीबार दिउँसो १ बजे सडकदेखि करिब सय मिटर तल कालीगण्डकी नदी खोंचमा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्नपूर्ण -२ तातोपानी बस्दै आएका घर्ती पुस २ गते घरबाट ग १ प ११३० नम्बर प्लेटको मोटरसाइकल लिएर पोखरेबगरतर्फ जाँदै गर्दा बेनी-जोमसोम सडकअन्तर्गत पोखरेबगर-तातोपानी खण्डको नौनीबगर भीरबाट कालीगण्डकीमा खसेका थिए ।

पुस ३ गते बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरे पनि फेला पार्न नसकेपछि पुस ४ गते बिहानैदेखि गोताखोरहरु कालीगण्डकीमा हेलिएर घर्तीको खोजीमा जुटेका थिए । घर्तीले चढेको मोटरसाईकल भने फेला परेको छैन ।

त्यसैगरी धवलागिरि गाउँपालिका -७ हिलापोखरीकी ७६ वर्षीया मनकुमारी पुनको शव बिहीबार सोही पालिका -७ को खोर्वाङस्थित म्याग्दीखोला खोंचमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुन गत आइतबार घरबाट सम्पर्कविहीन भएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->