बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खाद्य पदार्थको आधारभुत परीक्षण गर्न प्रयोगशाला स्थापना गरिने

खाद्य पदार्थको आधारभुत परीक्षण गर्न प्रयोगशाला स्थापना गरिने


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०८०, शुक्रबार

बागलुङ/ बागलुङ बजारमा संवेदनशिल खाद्य पदार्थको आधारभुत परीक्षण गर्न सकिने गरी खाद्य प्रयोगशाला स्थापनाको पहल थालिने भएको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले प्रयोगशाला स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।

पानी, दुध, तेल लगायतका पदार्थको आधारभुत परीक्षण गर्न मिल्ने प्रयोशाला स्थापनाका लागि आवश्यक सहयोग गर्न बागलुङ नगर कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको समितिका संयोजक तथा नगरउपप्रमुख राजु खड्काले बताए । प्रयोगशाला स्थापना पछि आधारभुत खाद्य पदार्थको नियमन सहज हुने उनको धारणा छ । प्रयोग शलाको अभावमा अनुगमनका क्रममा संकास्पद देखिएका खाद्य बस्तुहरु बिक्रि वितरण गर्नेलाई नियमानुसार कारवाही गर्न समेत कठिन छ ।

बैठकले बजारमा चिनिको मुल्यको बिषयमा समेत चासो प्रकट गरेको छ । चिनिको मुल्य घटेको भएपनि उपभोक्ताले चर्को मुल्य तिर्नुपरेको भन्दै तत्काल मुल्य समायोजन गरि बिक्रि वितरण गर्न उद्योग बाणिज्य संघ मार्फत अनुरोध गर्ने र अनुगमनलाई निरन्तरता दिने निर्णय भएको छ ।

बागलुङ उद्योग बाणिज्य संघले सञ्चालन गर्न थालेको बागलुङ महोत्सवमा रहने खाद्य स्टलहरुको नियमित अनुगमन र खाद्य स्वच्छताका लागि नियमन गर्ने निर्णय बैठकले गरेको छ । झिनियामा रंग मिसाउने, आखाद्य रंग मिसिएका झिनिया खरिद बिक्रि गर्ने कार्य नरोकिएको भन्दै बैठकले तत्काल त्यस्ता कार्य रोक्न भनेको छ । जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पर्यटन कार्यालय, उद्योग बाणिज्य संघ लगायत सरोकारवाला समेतको बैठकले प्रयोशाला स्थापना, चिनिको मुल्य समायोजन, झिनियाको रंग नियन्त्रण र बागलुङ महोत्सवमा अनुगमन लगायतका निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->