बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लेखनाथ महोत्सव: ४० हजार दर्शकहरुद्धारा अवलोकन, १ करोड बराबरको कारोबार

लेखनाथ महोत्सव: ४० हजार दर्शकहरुद्धारा अवलोकन, १ करोड बराबरको कारोबार


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०८०, शनिबार

लेखनाथ, पोखरा /  ‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको तेश्रो दिन शनिबार ४० हजार दर्शकहरुले अवलोकन गरेका छन ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक सहभागिता रहेको र १ करोड बराबरको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिए ।

महोत्सवमा शनिबार लोकदोहोरी कलाकारहरु पुरुषोत्तम न्यौपाने, शिव हमाल, चोलेन्द्र पौडेल, टेक क्षेत्री, अस्मिता डल्लाकोटी, रुपा घर्तिमगर, लक्ष्मी वानिया, हास्यव्यग्यतर्फ गुन्द्रुके समुहको प्रस्तुतीले दर्शकह लाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो भने बेलुका लाईभ कन्सर्टमा समिक्षा अधिकारी, सञ्जिव सिंह राना र अलबिन थापाको प्रस्तुतीले स्टेज तताएको थियो ।

यस्तै, महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । शनिबार बिदाको दिन समेत परेकाले दर्शकहरुको संख्या वढ्नुका साथै कारोबारमा पनि बृद्धि भएको आयोजकले वताएको छ ।

आईतबार लोकदोहोरीतर्फ पशुपति शर्मा, कृष्ण अखेली, सुनितामी परियार, टेक क्षेत्री, सबिना गुरुङ, दिपक कार्की र अनिषा गुरुङको प्रस्तुती रहनेछ भने बेलुका लाईभ कन्सर्टमा दुर्गेश थापा, राजेश वर्देवा र यम नेपाली लगायतको प्रस्तुती रहनेछ ।

पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।

साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् ।

जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->