बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दुई दिदीबहिनीलाई जबर्जस्ती करणी गरेको आरोपमा ६२ वर्षीय गुरुङ पक्राउ

दुई दिदीबहिनीलाई जबर्जस्ती करणी गरेको आरोपमा ६२ वर्षीय गुरुङ पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०८०, आइतबार

लमजुङ / दुई दिदीबहिनीलाई जबर्जस्ती करणी गरेको आरोपमा लमजुङ प्रहरीले क्व्होलासोथार गाउँपालिका-३ का ६२ वर्षीय उदिमजंग गुरुङलाई पक्राउ गरेको छ । १४ र १२ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

गत बिहीबार पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार जिल्ला अदालतबाट ७ दिनको थप म्याद लिई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले निषेधित कसुर अपराध जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१४ वर्षीया बालिकालाई भदौ २४ र १२ वर्षीया बालिकालाई कात्तिक २६ मा जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले २ जना बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा गुरुङविरुद्ध मुद्दा अघि बढेको बताए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘हामीले पीडकलाई पक्राउपछि म्याद थपेर मुद्दा अघि बढाएका छौं । सबै कुराहरु अनुसन्धानबाट खुल्ने नै छ’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->