बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विवाईसिको अध्यक्षमा तोयानाथ गौतम

विवाईसिको अध्यक्षमा तोयानाथ गौतम


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०८०, सोमबार

बागलुङ/ विवाईसि बागलुङको अध्यक्षमा तोयानाथ गौतम चयन भएका छन् । संस्थाको ३२ औं साधारणसभा तथा १२ औं अधिबेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गंगा शर्मा, सचिवमा बिक्रम शर्मा, सहसचिवमा चुडामणि उपाध्याय र कोषाध्यक्ष राजु निउरे चयन भएका छन् ।

सदस्यहरुमा खिम बहादुर कार्की, शान्ति ज्ञवाली, सुरेश थापा, प्रेम बहादुर केसी, टिकाराम उपाध्याय, बिष्णुनाथ गौतम र नारायणदत्त रेग्मी चयन भएका छन् । शनिबारदेखि सुरु भएको अधिबेशनमा अध्यक्षका आकांक्षी धेरै भएकाले सहमतिको प्रयास गर्दा समय लागेको थियो । सोमबार बिहान सहमति जुटेपछि गौतमको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो । निवर्तमान अध्यक्ष मणिभद्र शर्मा र सचिव दिपक गौतम अध्यक्षका आकांक्षी थिए । सहमतिसँगै दुवै जना समितिबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->