बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पृथ्वी हिरण्य माविको वार्षिकोत्सब

पृथ्वी हिरण्य माविको वार्षिकोत्सब


  • Dhorpatan News
  • पुष ९ २०८०, सोमबार

बागलुङ/ जिल्लाको अमलाचौरस्थित पृथ्वी हिरण्य माविले ६४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस बिबिध कार्यक्रम गरेर मनाएको छ । पौष ५ गतेबाट सुरु भएको बार्षिकोत्सव बिबिध कार्यक्रम गर्दै सोमबार समापन भएको हो ।

नेपाल सरकारका पुर्व शिक्षामन्त्री दिनानाथ शर्माले बार्षिकोत्सव सामारोहको समापन गर्दै शिक्षा क्षेत्रमा अझै धेरै सुधारको आवश्यकता रहेको बताए । समयानुकुल शिक्षा नहुँदा बेरोजगारी बढेकोप्रति पूर्वमन्त्री शर्माले चिन्ता व्यक्त गरे ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विद्यालयहरु भौतिक पूर्वाधारमा मजबुद बनेको बताए । शैक्षिक गतिबिधि मजबुद बनाउन सके उत्पादनमुलक शिक्षाले सार्थकता पाउने उनको धारणा थियो । कार्यक्रममा बागलुङ नगरपालिका–१२ का वडाध्यक्ष कोपिलामणि शर्मा, पुर्व वडाध्यक्ष गुरुदत्त पाठक र नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य चित्र सापकोटा लगायतले बोलेका थिए ।
शिक्षक राजु शर्माको संचालन रहेको कार्यक्रममा शिक्षिका कमला चापागाईं, विद्यार्थीत्रय दिप्ती शर्मा, विवेक आचार्य र सुमिना चापागाईंले स्वागत मन्तव्य राखेका थिए । भुतपुर्व विद्यार्थी एल्मुनाई एसोसिएसनका सदस्य राजन शर्माले विद्यालयको समग्र विकासमा पुर्व विद्यार्थीहरुको साथ सदैव बताए ।

वार्षिकोत्सबको अवसरमा विद्यालयमा दीर्घकालसम्म सेवा गर्ने शिक्षक/शिक्षिका पदमनाथ पौडेल र राधिका कँडेलपृथ्वी हिरण्य माविको वार्षिकोत्सब पौडेललाई सम्मान गरिएको थियो । सामाजिक, राजनैतिक र साहित्यिक व्यक्तित्व पुर्व शिक्षामन्त्री दिनानाथ शर्माद्वारा बाबू शशिधर पाध्या र जसोदा पाध्याको स्मृतिमा स्थापित उत्कृष्ट विद्यार्थी सम्मान पुरस्कारद्वारा विभिन्न विधामा उत्कृष्ट अंक प्राप्त गरी विद्यालयको गरिमालाई उच्च राख्ने २२ जना विद्यार्थीलाई सम्मान गरेका थिए । २०५७ सालमा स्थापित उक्त पुरस्कार प्रत्येक शैक्षिकसत्रका २ जना विद्यार्थीलाई पुरस्कृत गर्ने गरिएकोमा २०७८ सालदेखि ३ जना विद्यार्थीलाई प्रदान गर्ने गरिएको थियो । पुरस्कार राशी जनही दुई हजार रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->