बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घाँसदाउरा गर्न जंगल गएका सासूबुहारी मृत भेटिए

घाँसदाउरा गर्न जंगल गएका सासूबुहारी मृत भेटिए


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०८०, सोमबार

नवलपुर / नवलपुरमा घाँसदाउरा गर्न जंगल गएका एकै परिवारका दुई जना मृत भेटिएका छन्। विनयी त्रिवेणी गाउँपालिका-१, ओमशान्ति टोलका सासूबुहारी जंगलमा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया बुहारी विष्णु पौडेल छन्।

स्थानीय खहरे जंगलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जंगलमा खोजतलास गर्दा उनीहरूको शव भेटिएको पौडेलले बताए। उनीहरू घर नफर्किएपछि स्थानीय बासिन्दाले खोजबिन थालेका थिए।

‘प्रहरी सहित ६० जनाको टोली जंगलमा खोजतलासका लागि गएका थियौं,’ पौडेलले भने, ‘खोजतलासका क्रममा गएराति खहरेको ढिकमा दुवैको शव भेटियो।’

उनका अनुसार विष्णुको बायाँ कम्मर र मनादेवीको बायाँपट्टि पछाडिको भागमा चोट लागेको अवस्थामा शव भेटिएको छ।

शव परीक्षणपछि शरीरमा लागेको चोट लगायतका आधारमा बाघको आक्रमणबाट मृत्यु भएको अथवा अन्य कारणबाट भन्ने पुष्टि हुने पौडेलले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->