बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ आउँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ आउँदै


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०८०, बुधबार

बागलुङ/ राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ आउँदै छन् । आजदेखि सुरु हुन लागेको सातौं बागलुङ महोत्सवको उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङ आउन लागेका हुन् ।

राष्ट्रपति पौडेलले बिहान १०ः३० बजे प्रसिद्ध बागलुङ कालिका मन्दिरमा पुजा अर्चना गर्नेे कार्यक्रम छ । उनको सचिवालयका अनुसार बिहान ११ बजे शालिग्राम संग्रहालयको दर्शन गर्नेछन् । दिउँसो १ बजे महोत्ुवको उद्घाट गर्नुहुने बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ ।

संघको आयोजनामा आजदेखि पुस २१ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धन हुने आशा गरिएको छ । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->