पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयले ४५ औं वार्षिकोत्सव तथा अभिभावक मनाएको छ ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले वार्षिकोत्सवको उद्घाटन गरेका थिए । विद्यालयलाई सहयोग गर्ने पूर्वकेन्द्रीय अध्यक्ष नेपाल प्राध्यापक संघ प्रा.डा.भूपति ढकाल ’कमल’, अधिवक्ता सुकदेव गौतम, विद्यालय व्यवस्थापन समिति सदस्य बावुराम लामिछाने, व्यवस्थापन समितिका पूर्वअध्यक्ष झपिन्द्रराज रेग्मी र शिक्षक अभिभावक संघका पूर्वअध्यक्ष रविलाल शर्मालाई सम्मान गरिएको थियो ।
त्यसैगरी डम्बरसिहं÷सेतु स्मृति कोषका संस्थापक प्रथम प्रधानाध्याष्क क्षेत्रबहादुर कँुवर, पं. पुण्यप्रसाद स्मृति कोषका दाता खेमराज बराल (स.प्र.अ) र नारायणप्रसाद बराल (पूर्व विद्यार्थी), तुलसी स्मृति कोषका माधव बराल (पूर्व विद्यार्थी), लिलाधर स्मृति कोषका मायादेवी बराल र रमेश बराल, जनआन्दोलन पुरस्कारको स्थापना गर्ने गोविन्द्र गिरीलाई अक्षयकोष स्थापना गरेकोमा सम्मान पत्र, दोसल्ला द्धारा सम्मानित गरिएको थियो ।
त्यस्तै २५ वर्ष शिक्षण गर्ने खेमराज बराललाई दीर्घ सेवा पदक सम्मान र विद्यालयका तर्फबाट विभिन्न खेलमा सहभागी भई पुरस्कार ल्याउन सफल खेलाडीहरु नारायणी भण्डारी र तेन्जिङ रोकालाई सम्मान गरिएको थियो ।
सो अवसरमा सत्प्रतिशत विद्यार्थी उत्तिर्ण गराउने शिक्षकहरु दिव्यश्वरी रेग्मी, गणेश प्रसाद तिमिल्सिना, लेखनाथ, टीका पौडेल, रेखा थापा, रोहित बराल, इन्द्र दहाल, गिरिधारी पोखरेल, ठाकुर प्रसाद पोख्रेल र उत्कृष्ट शिक्षक तथा कर्मचारीहरु झरिमाया ढुंगाना, विद्या नेपाली, सीता शर्मा बराल, रमा वाग्ले, रेखा थापा, लिलानाथ आचार्य, इन्द्रप्रसाद दहाल, दिपक सुबेदी, माधव भट्टराइ, रोशन प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्यसै गरी पुनःस्थापना भएपछि पहिलो पटक भू.पू. विद्यार्थी मञ्चबाट दिएको जेहेन्दार अनुशासन पुरस्कार कक्षा ११ की ज्योति तामाङलाई प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक डिल्लीराज शर्माले जानकारी दिए ।





