आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

विश्व बैंकको प्रक्षेपण: ‘सन् २०२४ मा नेपालको अर्थतन्त्र सुध्रिन्छ’

विश्व बैंकको प्रक्षेपण: ‘सन् २०२४ मा नेपालको अर्थतन्त्र सुध्रिन्छ’


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८०, बुधबार

काठमाडौं / विश्व बैंकले आगामी आर्थिक वर्ष (सन् २०२४) मा नेपालको अर्थतन्त्रमा केही सुधार आउने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुनु अनुमान विश्व बैंकले यसअघि नै गरिसकेको थियो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि १.९ प्रतिशत रहेको थियो । जबकी आर्थिक वर्ष ०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ५.६ प्रतिशत रहेको थियो ।

यस्तै, प्रतिवेदनले सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने अनुमान गरेको छ । सन् २०२३ मा २.६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा २.४ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->