नवलपुर / नवलपुरको कावासोती बुधबार साँझ कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको बा १०२९ च ०२४८ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल खरकट्टा जंगलमा ठोक्किँदा मोटरसाइकल चालक हुप्सेकोट निवासी ४१ वर्षीय धनबहादुर सार्कीको मृत्यु भएको हो ।
घाइते सार्कीको उपचारको क्रममा जिल्ला अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार विनु गुरुङ सख्त घाइते भएकी छन् । कार चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनायो ।





