बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अदालत भवन बनाउने पेटी ठेकेदार भागे

अदालत भवन बनाउने पेटी ठेकेदार भागे


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०८०, बिहिबार

बागलुङ/ उच्च अदालत बागलुङको निर्माणाधिन भवनको भित्री गाह्रो र झ्यालढोकाको काम जिम्मा लिएको पेटी ठेकेदार भागेका छन् । बाबुराम रायमाझी नाम गरेका ठेकेदार केही दिनदेखि सम्पर्कबिहिन भएका हुन् ।

ती ठेकेदारले १३ लाख रुपैयाँ लगेको र झण्डै ५ लाखबढी रासनपानी लगायतको खाएको तिर्न बाँकी छाडेर हिंडेको अदालतको भवन निर्माण गरिरहेको श्यामसुन्दर÷शिवजी संयुक्त निर्माण कंपनीका मेनेजर ओम गुरुङले बताए । ‘भित्री कामका लागि पेटी ठेक्का लगाइएको थियो, काम छाडेर हिंडेछन्’ गुरुङले भने, ‘उनले बुझाएको कागजात नक्कली हो की भन्ने शंका छ ।’ मुख्य ठेकेदार कम्पनीले समयमा काम सक्ने लक्षले सहायक अर्थात् पेटी ठेक्का दिएको थियो । ती ठेकेदार भाग्दा काम गरिरहेका झण्डै ३० कामदारले भुक्तानी नपाएको गुरुङले बताए ।

मुख्य ठेक्काको काम भने कम्पनीले नियमित गरेको छ । पेटी ठेक्का लिंदा कम्पनीवाला नभई रायमाझी एकल ठेकेदार मात्रै रहेको पाइएको हो । उनको कागजातको आधारमा समात्ने ठाउँ नभेटिंदा उनले तिर्नुपर्ने रकम र मजदुरको ज्यालामा समस्या आउने भएको हो । गुरुङले भने तत्काल कामदारलाई अरु काममा लगाएर भएपनि खाने बस्ने प्रबन्धमा सहयोग गरिसकेका छन् ।
एक महिनाअघि मंसिर २३ गते प्रधानन्यायाधिस बिश्वम्भरप्रसाद श्रेष्ठले निर्माणाधिन उच्च अदालत भवनको अनुगमन र निरीक्षण गर्दै निर्माण व्यवसायीलाई समयमा काम सक्न निर्देशन दिएका थिए । एक वर्षअघि उच्च अदालत भवनको तत्कालिन प्रधानन्यायाधिस हरिकृष्ण कार्कीले शिलान्यास गरेका थिए ।
श्यामसुन्दर÷शिवजी संयुक्त निर्माण कम्पनीले ५० करोड ९५ लाख २५ हजार रुपैयाँमा ठेक्का लिएको भवन समयमा सकिने अवस्था भएपनि सरकारले भुक्तानीमा केही ढिला गरेको कम्पनीका

प्रतिनिधिको गुनासो थियो । कम्पनीका मेनेजर ओम गुरुङका अनुसार भवनको ५० प्रतिशत काम सम्पन्न भएकोमा रकम भने ३८ प्रतिशत मात्रै भुक्तानी पाएको हो ।
श्रेष्ठले समयमा काम गर्ने पद्दती बसेमा निर्माण कम्पनीप्रति विश्वास बढ्ने भन्दै काम गर्न प्रोत्साहन गरेका थिए । भवनको प्राविधिक काम भने सघन सहरी तथा भवन डिभिजन कार्यालय बागलुङले हेरेको छ । यो अदालत भवनमा ६ वटा इजलास, कम्तिमा ५ जना न्यायाधिस र रजिष्ट्रारको आवास बन्दैछ । दुइवटा लिफ्ट सहितको ६ तले भवन अपांगमैत्री, बालमैत्री र अन्य सेवासुविधा सम्पन्न हुने बताइएको छ ।

गुरुङले अझैपनि तोकिएको समयभन्दा अघिनै काम सकेर सरकारको पुरस्कार खाने लक्ष सुनाएका छन् । ‘सानोतिनो काम गर्नेहरु भागे पनि मेरो गति रोकिंदैन’ गुरुङले भने, ‘सम्माननीयले बजेटको सुनिश्चितता गराउने भन्नुभएको छ, म काममै छु ।’ ठेकेदार भागेको भन्ने हल्लाले काममा असर परेपनि आफ्नो जिम्मेवारीबाट नभाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->