बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राङ्खानीमा जीवनशैली परिवर्तन तथा योग कार्यक्रम

राङ्खानीमा जीवनशैली परिवर्तन तथा योग कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०८०, बिहिबार

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीमा स्वास्थ्य प्रबद्र्धनका लागि जीवनशैली परिवर्तन तथा योग कार्यक्रम सुरु भएको छ । सर्वसाधारणलाई स्वास्थ्यकर आहारबिहार, खानपान, योग व्यायम, भान्सा र स्थानीय जडीबुटी तथा योगको महत्व बुझाउनका लागि कार्यक्रम आयोजना गरिएको हो ।

धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजना र जैमिनी नगरपालिका आयुर्वेद शाखाको संयोजनमा सुरु भएको कार्यक्रममा वडाका ६५ जनाभन्दा धेरै सर्वसाधारण सहभागि छन् । ‘पछिल्लो समय हाम्रो आहार बिहारकै कारण नसर्ने रोगहरुको संक्रमण बढ्दो छ’ औषधालयका डा. कमल बिक्रम पौडेलले भने ‘भान्सा र घर छेउकै औषधि चिन्नुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको हो ।’
कार्यक्रममा औषधालयका प्रमुख डा. सरद पन्थी र कमल बिक्रम पौडेलले सहजीकरण गर्ने छन् । दुई दिन चल्ने कार्यक्रममा रक्तचापको परीक्षण शिविर सञ्चालन गरिने छ । औषधालयले रसायन औषधिहरु वितरण गर्ने कार्यक्रम रहेको पन्थीले बताए ।

बिहिबार कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष श्रीप्रसाद थापाले जीवनशैलीको परिवर्तन आवश्यक रहेको बताए । औषधालय प्रमुख पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत डा. कमल बिक्रम पौडेल र सञ्चालन दमेक आयुर्वेद औषधालयका प्रमुख डा. लक्ष्मीप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->