बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ खानेपानीको निर्वाचनमा रास्वपाको समर्थन केबी रानालाई

बागलुङ खानेपानीको निर्वाचनमा रास्वपाको समर्थन केबी रानालाई


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०८०, बिहिबार

बागलुङ / बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले समाजसेवी के.बी. राना मगरको समुहलाई समर्थन गर्ने भएको छ ।

जिल्ला प्रवक्ता खिमानन्द पौडेलले रास्वपाको ‘जान्नेलाई छान्ने’ अभियानमा रहेको स्मरण गर्दै बागलुङ नगरवासीलाई स्वच्छ र सफा पिउने पानी उपलब्ध गराउनका लागि यस पटक सामाजिक व्यक्तित्व के.बी. राना मगरको समुहलाई समर्थन जनाउने निर्णय गरेको बताए ।

पौडेलले भने, ‘आफ्नो पार्टीका सभापती रवि लामिछाने पत्रकार रहँदा बागलुङको खोनपानीको समस्या समाधानका लागि आफै जिल्ला आएको बताउदै लामिछाने जस्तै हक्की र स्वच्छ छविका केबी राना मगरले सबैलाई समेटेर बागलुङको खानेपानीको समस्या समाधान गर्न सक्ने क्षमता देखेका कारण उहाँको समुहलाई समर्थन गर्ने निर्णय गरेका हौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका बागलुङ जिल्ला संयोजक महेन्द्र खड्काले आफ्नो पार्टीमा आस्था र विश्वास राख्ने सम्पूर्णलाई केबी राना मगरको समुहलाई मतदान गर्न आग्रह गरे ।

खड्काले राजनीतिक रंग र आस्थाभन्दा माथि उठेर रानाले धौलागिरी अस्पताल, बागलुङ बहिरा विद्यालयको विकासमा सबैलाई समेटेर खेलेको भूमिका हेरेर नै राष्ट्रिय स्वतन्त्र पार्टीले रानाको समुहलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए ।

यसैबिच, लामो समयदेखि बागलुङ बजारबासीलाई शुद्ध पीउने पानीको प्रबन्ध गर्न सामाजिक सञ्जालमा अभियान नै चलाउदै आएका व्यवसायी डिल्ली गौतमले पनि रानाको समुहलाई समर्थन गरेका छन् । आफ्नो समुहले उठाउँदै आएका अधिकतम मागहरु रानाको समुहको प्रतिवद्धताको रुपमा आएकोले आफुहरुले रानामगरको समुहलाई समर्थन गरेको बताए ।

खुल्ला सदस्य पदमा स्वतन्त्र उम्मेदवार दिएका सुनिल श्रेष्ठले पनि आफ्नो समर्थन रानाको समुहलाई रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->