बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लक्ष्यको १४५ प्रतिशत मुद्दा फैसला

लक्ष्यको १४५ प्रतिशत मुद्दा फैसला


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०८०, शुक्रबार

बागलुङ/ उच्च अदालत बागलुङले आफ्नो अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । न्याय क्षेत्र समन्वय समितिको बैठक तथा अर्धवार्षिक कामको समीक्षा समेत एकैपटक सम्पन्न गरेको हो ।

बिहीबार पत्रकार सम्मेलन गरेर अदालतले चालु आर्थिक बर्षको पुस २४ गते सम्मको जानकारी दिएको हो । उच्च अदालत बागलुङका मुख्य न्यायाधीश मदन पोखरेल तथा रजिष्ट्रार मुकुन्द आचार्यले अदालतको अहिलेसम्मको काम तथा प्रगतीबारे पत्रकारलाई जानकारी गराएका थिए ।

रजिष्ट्रार आचार्यका अनुसार चालु वर्षको सुरु हुनुअघि अघिल्लो वर्षका १ सय ६१ मुद्दाको जिम्मेवारी सरेर आएकोमा चालु वर्ष ३ सय ८३ मुद्दा दर्ता भइ ५ सय ४४ मुद्दा पुगेका थिए । तीमध्ये हालसम्म २ सय ३९ मुद्दा फछ्र्यौट भएको र १ सय २५ थान बाँकी रहेका छन् । यो संख्या कुल लक्ष्यको १ सय ४५ प्रतिशत फछ्र्यौट हो ।

मासिक रुपमा पनि फछ्यौटको संख्या राम्रो हुँदा तोकेभन्दा बढी मुद्दा फैसला भएको आचार्यले जानकारी दिए । उनका अनुसार गत साउनमा २३ को लक्ष राखेकोमा ३३ मुद्दा फैसला भएका थिए । भदौमा ३२ मा ३८, असोजमा २९ मा ५३, कात्तिकमा १६ मा १०, मंसिरमा ३२ मा ६१ तथा पुसमा ३२ मा ५६ मुद्दा फछ्यौट भएका हुन् ।

पुस १ गतेदेखि कम्पयुटरमार्फत पेशी तोक्ने (अटोमेसन) प्रणाली थालेको अदालतले सोधपुछ र सहायता कक्ष राखेर अदालत आउने सेवाग्राहीलाई स्वयंसेवक र सहजकर्ताले नै सबै शाखामा पु¥याउने कामसमेत थालेको छ । सेवाग्राहीलाई सहज सेवा दिन यस्तो विधि लागू भएको मुख्य न्यायाधीश मदन पोखरेलले बताए । ‘सर्वोच्च र सबै उच्च अदालतमा यो विधि लागू भैसक्यो,’ उनले भने, ‘अब चाहेर पनि ढिला फैसला हुँदैन ।’

अदालतले टाइम कार्डको समेत व्यवस्था गरेको छ । मुद्दा दर्ता भएकै दिन मुद्दाको पेशी, आदेश र फैसला हुने समयको व्यवस्थापन गरेर सोही अनुसार पेशी र तारेख दिने गरिएको आचार्यले जानकारी दिए । अदालतभित्रै टिभीको डिस्प्लेमार्फत पेशी र सूचना दिने व्यवस्था गरिएको छ । अदालतको बेवसाइट अद्यावधिक गर्ने, पक्षलाई पायक पर्ने अदालतबाट तारिख लिन पाउने, एसएमएसबाट मुद्दाको जानकारी पाउने, फैसला निशुल्क पाउनेजस्ता सेवा दिन थालेको हो ।

अदालतमा परिवर्तनको सुधार गरेर मुद्दा फछ्र्यौटमा पनि प्रगती भएको देखिएको हो । रजिष्ट्रार आचार्यका अनुसार पछिल्लो चार वर्षमा चालु वर्षको मंसिर मसान्तसम्ममा सबैभन्दा धेरै मुद्दा फछ्र्यौट भएको हो । आर्थिक वर्ष २०७७÷०७८ को मंसिर मसान्त सम्ममा ७८ मुद्दा फछ्यौट गरेकोमा आर्थिक वर्ष ०७८÷०७९ मा २ सय २२ मुद्दा फछर्यौट गरेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->