बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सालझन्डि ढोरपाटन खण्ड अन्तर्गत प्याङ्खोला नजिकै आज विहान ११ बजे ध१ज १९ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा ढोरपाटन–४ खुंगाका सवारी चालक तिलक घर्ति र चन्द्रागिरी नगरपालिका–५ सतुंगलकी २८ बर्षिय संगिता अधिकारी गैरेको घटना स्थलमै मृत्यु प्रहरी निरीक्षक दिपक बाबु केसीले बताए । जिपमा सवार अन्य ९ जना घाइते भएका छन । उनीहरु मध्ये ६ जनाको अबस्था गम्भिर छ । तीन जना सामान्य रहेको र उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याउने तयारी भैरहेको छ । दुर्घटनाको कारण खुलेको छैन् ।





