बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ नगर खानेपानीको निर्वाचनमा ९८५ मत खस्यो

बागलुङ नगर खानेपानीको निर्वाचनमा ९८५ मत खस्यो


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०८०, शनिबार

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा ९ सय ८५ मत खसेको छ । शनिबार विद्यामन्दिर माध्यामिक विद्यालय प्राङ्गडमा सम्पन्न मतदानमा ९ सय ८५ मत खसेको निर्वाचन अधिकृत चित्राङ्गत बरालले बताए ।

संस्थामा आजीवन र साधारण गरी एक हजार पाँच सय २८ मतदाता थिए । पाँच सय ४३ जना मतदाता मतदानका लागि उपस्थित भएनन् । संस्थाको आगामि अध्यक्षका लागि तीन जनाको उमेद्वारी परेको थियो ।

दुईजनाले प्यानल बनाएरै चुनावी मैदानमा थिए भने एक जनाको एकल उमेद्वारी थियो अध्यक्षका पूर्व अध्यक्ष समेत रहेका केवी राना मगर, वर्तमान तदर्थ समितिका संयोजक जयराम भारी र भुपेन्द्र खड्का चुनावी मैदानमा छन् । अध्यक्षमा उमेद्वारी दिएका सुवास आचार्यले अन्तिम समयमा जयराम भारीको प्यानललाई सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->