बागलुङ / बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको मत गणनामा अध्यक्ष पदमा केबि रानामगरले अग्रता लिएका छन् ।
३८३ मत गणना हुँदा अध्यक्ष पदका उम्मेदवार केबि राना मगरले १८५ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार जयराम भारीले १४९ मत प्राप्त गरेका छन् ।
अन्य पदमा पनि अध्यक्ष केबि राना मगर समुहका पदाधिकारीको अग्रता रहेको छ ।
राना समुहका उपाध्यक्ष रतन मलेपतिले १८०, सचिव जीवन आचार्यले १९२ र कोषाध्यक्ष कृष्ण शर्माले १९१ मत प्राप्त गरेका छन् ।
भारी समुहका उपाध्यक्ष हरि वहादुर जिसीले १६४, सचिव निर्मल बहादुर श्रेष्ठले १६४ र कोषाध्यक्ष थानेश्वर सुवेदीले १३८ मत प्राप्त गरेका छन् ।
शनिवार दिउसो भएको मतदानमा ९ सय ८५ मत खसेको थियो ।
अन्य पदमा पनि अध्यक्ष केबि राना मगर समुहका पदाधिकारी र सदस्यहरुको अग्रता रहेको छ ।
सदस्यहरुमा खुलातर्फ २ पदका लागि भएको निर्वाचनमा कुलराज शर्मा हिमालले १७१, चन्द्रवहादुर सुवेदीले १२४, विरवहादुर थापाले १३० र शिव आचार्यले १४३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, महिला सदस्यतर्फ २ पदका लागि भएको निर्वाचनमा कालिका सापकोटाले १८१, गुमादेवी श्रीस छन्त्यालले १११, मञ्जुमाया क्षेत्रीले १३२, लक्ष्मी थापाले ९२, सुनिता श्रेष्ठले १२३, शिला थापा क्षेत्रीले ११२ र हुमादेवी खड्काले १८० मत प्राप्त गरेका छन् ।
राना र भारीको नेतृत्वमा समुहगत रुपमा निर्वाचनमा भाग लिएका थिए ।
अहिले उधोग बाणिज्य संघको सभाहलमा मत गणना भइरहेको छ । निर्वाचन अधिकृत चित्राङ्गत बरालका अनुसार संस्थामा आजीवन र साधारण गरी एक हजार ५२८ मतदाता थिए । ५ ४३ जना मतदाता मतदानका लागि उपस्थित भएनन् ।
संस्थाको आगामी नेतृत्वका लागि अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो ।





