बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खानेपानी उपभोक्ता समितिको पदस्थापन

खानेपानी उपभोक्ता समितिको पदस्थापन


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०८०, आइतबार

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचित समितिलाई आइतबार पदस्थापन गरिएको छ ।
बागलुङ नगरपालिका र निर्वाचन समितिले संयुक्त रुपमा सपथ ग्रहण गरेर पदस्थापन गराएको हो । शनिबार भएको निर्वाचनबाट संस्थामा केवी राना मगर नेतृत्वमा नयाँ समिति चयन भएको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन प्रमुख चित्राङगत बरालले समितिका पदाधिकारीलाई सपथ ग्रहण गराए । कार्यक्रममा बागलुङ नगर पालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले खानेपानी क्षेत्र संवेदनशिल रहेको भन्दै आम नागरबासीलाई स्वच्छ पानी खुवाउने काम चुनौतीपूर्ण समेत भएको बताए ।

खानेपानीको पुरानो बिधानका कारण कतिपय काममा कठिनाइ भएकोले नयाँ समितिले बिधान संशोधनको काम थाल्नुपर्ने श्रेष्ठले सुझाव दिए । उनले नगर क्षेत्रलाई आगलागीबाट बचाउने, शुद्ध खानेपानी खुवाउने तथा रात्माटामा रहेको पानी ट्यांकीबाट हुन सक्ने संभावित दुर्घटनाबाट जोगिने गरी बिकल्पका बाटोहरु खोज्ने काम गर्न पनि सुझाए ।

कार्यक्रममा उपप्रमुख राजु खड्काले नगर खानेपानी उपभोक्ता संस्था संवेदनशिल भएर काम गर्नुपर्ने बताए । नागरिकको स्वास्थ्य रक्षा तथा उपभोक्ता हितका लागि संस्था क्रियाशिल बन्नुपर्ने उनले बताए ।

सहायक प्रजिअ बरालको अध्यक्षता, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमको संचालनमा भएको कार्यक्रममा निर्वाचित अध्यक्ष केवी राना मगरले नगरवासीलाई स्वच्छ पानी खुवाउने प्रतिवद्दता जनाए । उनले पहिलो काम पारदर्शीता, दोश्रो काम नगर खानेपानीमा दक्ष इन्जिनियर नियुक्ती गरेर काम थाल्ने र त्यसपछि बक्यौता उठाउने बताए ।

अधिवेसनबाट केवी राना मगरको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा हरिबहादुर जिसी सन्तोष, सचिवमा जीवन आचार्य र कोषाध्यक्षमा कृष्ण शर्मा निर्वाचित भए । सदस्यहरुमा शिव आचार्य, कुलराज शर्मा हिमाल, कालिका सापकोटा, गुमादेवी श्रीष छन्त्याल र हुमादेवी शर्मा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->